Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

‘गाजामा बालबालिकाका लागि कुनै ठाउँ सुरक्षित छैन’

‘गाजामा बालबालिकाका लागि कुनै ठाउँ सुरक्षित छैन’
विज्ञापन
Advertisement

काठमाडौं । प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय राहत र कार्य एजेन्सी (युएनआरडब्लुए) ले गाजामा १० लाख बालबालिका रहेको पुष्टि गर्दै गाजाको कुनै पनि ठाँउ उनीहरुका लागि सुरक्षित नभएको जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

इजरायली सेनाले अन्तराष्ट्रिय कानुन र बालअधिकारको प्रवाह नगरी गाजामा सुतिरहेको समयमा बालबालिकाहरूलाई अन्याय पुर्वक हत्या गरेको युएनआरडब्लुएले उल्लेख गरेको छ ।

युएनआरडब्लुएले सामाजिक सञ्जाल एक्समा गाजामा मनोवैज्ञानिक आघात भोगिरहेका पाँच लाख भन्दा बढी बच्चाहरूलाई मनोवैज्ञानिक सहजिकरण गरेको जनाउदै गाजाका बच्चाहरुले कुनै पनि बच्चाहरुले अनुभव गर्न नसक्ने समस्याको सामना गर्न बाध्य भएको जनाएको छ ।

इजरायली सेनाले गाजामा बच्चाहरू सुतिरहेको, स्कूलमा आश्रय लिइरहेको, पानीको लागि लाइनमा उभिएको वा चिकित्सा सहायता खोजिरहेको समयमा उनीहरुलाई मारिएकोमा दुखः व्यक्त गरेको छ ।

यस अघि, युनिसेफका प्रवक्ता जेम्स एल्डरले गाजामा अझै पनि दशौँ हजार बालबालिका रहेको पुष्टि गर्दै बम विष्फोटका कारण अङ्ग भङ्ग हुनेहरुमा पनि कयौँ बालबालिका रहेको बताए । निरन्तरको आक्रमणले बालबालिकाहरू थरथर काँपिरहेका उल्लेख गर्दै उनले बालबालिकामाथि गरिएको क्रूरता गैर मानविय भएको बताएका हुन्।

गाजाको अल–मवासी क्षेत्र विश्वको सबै भन्दा घना जनसङ्ख्या भएको क्षेत्र हो यद्देपी यो क्षेत्रका मानिसहरु जीवनका आधारभूत आवश्यकताहरूबाट वञ्चित छन् जसले बालबालिकालगायत परिवारहरूको पीडा बढाउँछ । -रासस/ क्यूएनए

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit