Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

दूध प्रशोधनबाट खुवा देखि मोहीसम्म उत्पादक गर्दै सहकारी सङ्घ

दूध प्रशोधनबाट खुवा देखि मोहीसम्म उत्पादक गर्दै सहकारी सङ्घ
विज्ञापन
Advertisement

चितवन । जिल्लाका दुग्ध उत्पादक सहकारी सङ्घको छाता संस्था चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले आफैँले दूध प्रशोधन सुरु गरेको छ। सङ्घले रत्ननगर नगरपालिका–५ झुवानीमा गौरीधारा डेरी उद्योग भाडामा लिएर अस्थायी रुपमा दूध प्रशोधन सुरु गरेको जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

सङ्घले स्थायी रुपमा दूध प्रशोधनका लागि भने भरतपुर महानगरपालिका–१५ फूलबारीमा पाँच कट्ठा जग्गासमेत खरिद भइसकेको जनाएको छ। उक्त जग्गामा उद्योग सञ्चालनका लागि बागमती प्रदेश सरकारबाट ५० लाख रुपैयाँ विनियोजन भइसकेको सङ्घका जिल्ला अध्यक्ष किशोर बगालेले जानकारी दिए । उनले भने, ‘अहिले अस्थायी रुपमा झुवानीमा दूध प्रशोधन सुरु भइसकेको छ, अहिले दूधका साथै घिउ, नौनी, पनिर, खुवा, दही, मोही उत्पादन सुरु भएको छ ।’ उनका अनुसार हाल उक्त प्लान्टमा दैनिक एक हजार लिटर दूधसम्म प्रशोधन गर्न सकिन्छ ।

फूलबारीमा आफ्नै प्लान्ट स्थापना भएपछि भने दैनिक दुई हजार लिटरसम्म दूध प्रशोधन गर्न सकिने उनको भनाइ छ । भविष्यमा उद्योगको क्षमता बढाएर दैनिक १५ हजार लिटरसम्म दूध प्रशोधन गरिने सङ्घको लक्ष्य छ । ‘भविष्यमा आइसक्रिम, चकलेटलगायत पनि उत्पादन गर्ने लक्ष्यका साथ प्लान्ट स्थापना हुनेछ’, अध्यक्ष बगालेले भने । सङ्घका अनुसार जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुने गर्दछ । जसमध्ये एक लाख ५० हजार लिटर दूध बजारमा बिक्री हुँदै आएको छ । चितवनमा उत्पादन हुने दूध काठमाडौं, पोखरा, हेटौँडालगायत सहरमा पुग्छ । जिल्लाका ११५ वटा सहकारीले दूध सङ्कलन हुने गर्दछ । ती सहकारीमा ४० हजारभन्दा बढी किसान आबद्ध छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit