Advertisement
Advertisement
Corporate Samachar
८ भाद्र २०८३, सोमबार
Advertisement
Advertisement

बिजुलीको महसुल दरमा पुनरावलोकन गर्दै सरकार, सिजनल ट्यारिफ लागू गर्ने तयारी

बिजुलीको महसुल दरमा पुनरावलोकन गर्दै सरकार, सिजनल ट्यारिफ लागू गर्ने तयारी
विज्ञापन
Advertisement

काठमाडौं। सरकारले विद्युत् महसुल घटाउँदै उपभोक्ता र उद्योगलाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने तयारी थालेको छ।

विज्ञापन
Advertisement
Advertisement

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा गत साउन १३ गते विद्युत् महसुल दर पुनरावलोकन गर्न समिति गठन गरिएको थियो। नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित समितिले महसुल घटाउने उपायबारे गृहकार्य अघि बढाएको हो। समितिको बैठक बुधबार अपराह्न ४ बजे ऊर्जा मन्त्रालयमा बस्दैछ। बैठकमा वर्षायाममा उत्पादन हुने विद्युत् खपत बढाउने र त्यसका लागि महसुल दरमा पुनरावलोकन गर्ने विषयमा छलफल हुने मन्त्रीको निजी सचिवालयले जनाएको छ।

समितिमा ऊर्जा मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि, ऊर्जा विज्ञ, उपभोक्ता तथा वित्त विज्ञ सदस्य छन्। संयोजक शाहीका अनुसार वर्षायाममा विद्युत् उत्पादन बढ्दा आन्तरिक खपतभन्दा उत्पादन बढी हुने र ठूलो परिमाणमा विद्युत् खेर जाने अवस्था छ। यस्तो अवस्थामा प्राधिकरणले मासिक अर्बौँ रुपैयाँ बराबरको नोक्सानी व्यहोर्नुपरेको भन्दै विद्युत् खपत बढाउन ‘सिजनल ट्यारिफ’ लागू गर्ने तयारी गरिएको हो।

सिजनल ट्यारिफमार्फत वर्षायाममा विद्युत्को महसुल घटाएर उद्योग तथा घरायसी उपभोक्तालाई बढी विद्युत् प्रयोग गर्न प्रोत्साहित गर्ने योजना छ। उद्योगहरूलाई समेत वर्षायाममा सस्तो विद्युत् उपलब्ध गराउने विषयमा छलफल भइरहेको शाहीले बताए। सस्तो विद्युत् उपलब्ध गराउँदा उद्योगको उत्पादन लागत घट्ने र त्यसको लाभ अन्ततः उपभोक्तासम्म कसरी पुर्‍याउन सकिन्छ भन्ने विषयमा पनि सम्बन्धित पक्षसँग समन्वय भइरहेको उनको भनाइ छ। ‘सिजनल ट्यारिफ गर्दा पैसा कसरी घटाउन सकिन्छ भनेर आज मन्त्रालयमा बैठक बस्दैछ,’ शाहीले भने, ‘वर्षायामको सिजनल ट्यारिफ सस्तो हुँदा उद्योगहरूले पनि आफ्नो उत्पादनमा उपभोक्तालाई कसरी सहुलियत दिन्छन् भन्ने विषयमा छलफल भएको छ। हामी छिटै निर्णय गर्छौं।’

सरकारले पछिल्लो समय विद्युत्मा कर तथा शुल्क बढाएको भन्दै आलोचना भइरहेका बेला ऊर्जा मन्त्रालयले भने उपभोक्तालाई राहत दिने गरी महसुल पुनरावलोकनको प्रक्रिया अघि बढाएको हो। वर्षायाममा खेर जाने विद्युत् स्वदेशमै बढीभन्दा बढी खपत गराउने, उद्योगको उत्पादन लागत घटाउने र उपभोक्तालाई समेत त्यसको लाभ पुर्‍याउने उद्देश्यसहित महसुल दर पुनरावलोकन गर्न लागिएको प्राधिकरणले जनाएको छ। यद्यपी सरकारले बजेटमार्फत विद्युत महसुलमा शूल्क बढाउँदा त्यसको चर्को आलोचना भैरहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit