काठमाडौं। भ्वाइस टेक नेपालले आजदेखि “Advanced Public Speaking, Leadership & Personality Mastery Workshop” कार्यक्रम सुरु गरेको छ। “मेरो आवाज, मेरो परिवर्तनको शक्ति” भन्ने नारासहित सुरु गरिएको यो कार्यक्रममा सहभागीहरूले सार्वजनिक बोल्ने कला, नेतृत्व क्षमता तथा व्यक्तिगत व्यक्तित्व विकासका विषयमा सीप हासिल गर्न सक्नेछन्।
संस्थाका अध्यक्ष प्रकाश थपलियाले बोलेर केही गर्न चाहने युवाहरूका लागि यो कार्यक्रम एक उचित अवसर भएको बताए। उनका अनुसार, नेतृत्व र व्यक्तित्व विकासका सीप सिक्न इच्छुक जो–कसैका लागि यो कार्यशाला लाभदायी हुनेछ।
कार्यक्रम काठमाडौं–३२, जडिबुटीमा सञ्चालन हुनेछ। थप जानकारीका लागि इच्छुकले ९७६१४०८२४६ वा ९८१६००२१८८ नम्बरमा सम्पर्क गर्न सक्नेछन्।


















प्रतिक्रिया दिनुहोस्