Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

पुँजी बजार सुधारका लागि लगानीकर्ताको ६ बुँदे सुझाव

पुँजी बजार सुधारका लागि लगानीकर्ताको ६ बुँदे सुझाव
विज्ञापन
Advertisement

काठमाडौं । पुँजी बजारमा देखिएको मन्दी सुधारका लागि तीन सेयर लगानीकर्ता संगठनले नेपाल राष्ट्र बैंकलाई ६ बुँदे सुझाव दिएका छन्।

विज्ञापन
Advertisement
Advertisement

सेयर लगानीकर्ता संघ नेपाल, पुँजी बजार लगानीकर्ता संघ र स्वतन्त्र पुँजी बजार लगानीकर्ता संघले संयुक्त रूपमा गभर्नर विश्वनाथ पौडेललाई सुझाव पत्र बुझाएका हुन्।

संगठनहरूले सेयर बजारलाई दीर्घकालीन, दिगो र प्रतिस्पर्धात्मक बनाउनका लागि बैंक तथा वित्तीय संस्थामाथि लाग्दै आएका केही नीतिगत सीमालाई संशोधन गर्नुपर्ने बताएका छन्।

सुझावका मुख्य बुँदा यस प्रकार छन् :

-बैंक तथा वित्तीय संस्थालाई दोस्रो बजारमा सहज रूपमा सेयर किनबेच गर्न दिने।

-बैंकहरूको सेयर बजारमा लगानी सीमा प्राथमिक पुँजीकोषको आधारमा परिमार्जन गर्ने।

-व्यक्तिगत सेयर धितो कर्जामा तोकिएको २५ करोडको सीमा हटाउने।

-लघुवित्त संस्थामा रहेको २५ प्रतिशतसम्मको लाभांश सीमा हटाएर तिनलाई स्वतन्त्र र प्रतिस्पर्धी बनाउन दिने।

-बैंक तथा वित्तीय संस्थाले दिने सेयर धितो कर्जा थप सहज बनाउने।

-गैरआवासीय नेपाली (एनआरएन) लाई सेयर बजारमा सहभागी गराउन पहल गर्ने।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit