Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ : कार्यवाहक प्रमुख आयुक्त

निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुन्छ : कार्यवाहक प्रमुख आयुक्त
विज्ञापन
Advertisement

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मुलुकमा निर्वाचनमय वातावरण बनाउन सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका हुने बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

आयोगको कार्यालयमा आज राष्ट्रिय समाचार समिति (रासस) को व्यवस्थापन र राससकर्मीसँग आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका सन्दर्भमा छलफल गर्दै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले विकट क्षेत्रका हरेक पेसाका नागरिकसम्मलाई सही सूचना दिएर निर्वाचनको महत्त्व बढाउन आग्रह गरे ।

‘मुलुकमा निष्ठापूर्वक निर्वाचन सम्पन्न हुने वातावरण सृजना गर्न र त्यसरूपमा निर्वाचन भएको सन्देश देश विदेशमा फैलाउन राससजस्ता समाचार समितिको अझ बढी भूमिका रहन्छ’ भण्डारीले भने, ‘अहिलेको निर्वाचन विशेष परिस्थितिको निर्वाचन भएकाले यस पक्षलाई मनन् गरेर निर्वाचन तयारी, सुरक्षा, मतदाता शिक्षालगायत विषयमा सही समाचार दिन उत्तिकै आवश्यक छ ।’

निर्वाचन आयुक्तहरू डा जानकीकुमारी तुलाधर, सगुनशमशेर जबरा, आयोगका सचिव माहादेव पन्थसहित सहभागी छलफलमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउने सन्दर्भमा आयोग र राससबीचको सहकार्य बढाउने विषयमा छलफल भएको थियो ।

छलफलमा आयोगका सहसचिवहरू नारायणप्रसाद भट्टराई, यज्ञप्रसाद भट्टराई, राजेन्द्र केसी, राससका लेखाशाखा प्रमुख रुद्रमणि अधिकारी, प्रमुख समाचारदाता नारायणप्रसाद न्यौपाने, वरिष्ठ समाचारदाता प्रकाश सिलवाललगायत सहभागी थिए । रासस

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit