पोखरा । रिलायन्स फाइनान्स लिमिटेडको पोखरा शाखाद्वारा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायप्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात गर्दै फाइनान्सले ‘रक्तदान–जीवनदान’ भन्ने पवित्र भावनालाई आत्मसाथ गर्दै उक्त कार्यक्रमको आयोजना गरेको जनाएको हो।
नेपाल स्वयंसेवी रक्तदानदाता समाज कास्कीको सहकार्य तथा नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसंचार सेवा पोखराको प्राविधिक सहयोगमा हालै सम्पन्न कार्यक्रममा कुल ६३ जना रक्तदाताहरूले योगदान पुर्याएको फाइनान्सले जनाएको छ। उक्त कार्यक्रममा स्थानीय प्रतिष्ठित व्यक्तित्वहरू तथा रक्तदाताहरूको बाक्लो उपस्थिति रहेको थियो।
हाल देशभरी २१ वटा शाखाहरू मार्फत अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको रिलायन्स फाइनान्सले आगामी दिनहरूमा पनि सामाजिक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

















प्रतिक्रिया दिनुहोस्