काठमाडौं । ललितपुरको हात्तीवनमा अवस्थित लिटिल एन्जल्स स्कूल (एलए) ले नेपाली शिक्षा क्षेत्रमा चार दशकभन्दा बढी समयदेखि अग्रणी भूमिका निर्वाह गर्दै आएको छ।
आधुनिक शिक्षण प्रणाली, प्रविधिमैत्री वातावरण र समयसापेक्ष गुणस्तरीय शैक्षिक अभ्यासमार्फत यस विद्यालयले आफ्नो छुट्टै र विशिष्ट पहिचान बनाएको कलेज प्रशासनको भनाइ छ।
सन् १९८१ मा स्थापना भएको लिटिल एन्जल्सले समयको माग र प्रविधिको विकाससँगै आफ्नो शिक्षण पद्धतिमा निरन्तर सुधार तथा नवप्रवर्तन (इनोभेस) गर्दै आएको छ। सन् १९९७ देखि कक्षा ११ र १२ को अध्यापन सुरु गरेको विद्यालयले हाल स्नातक तहसम्मकै उच्च शिक्षा प्रदान गर्दै आइरहेको छ।
विद्यालय प्रशासनका अनुसार स्थापनाकालदेखि नै उत्कृष्ट शैक्षिक नतिजा पस्कँदै आएको एलए पछिल्ला २२ वर्षदेखि देशका उत्कृष्ट १० शिक्षण संस्थाहरूको सूचीमा निरन्तर स्थान बनाउन सफल भएको छ। ‘शिक्षा सर्वसुलभ र गुणस्तरीय हुनुपर्छ’ भन्ने मूल उद्देश्यलाई आत्मसात् गर्दै विद्यालयले विद्यार्थीहरूलाई संस्कारयुक्त, सिर्जनशील र प्रविधिमैत्री शिक्षा दिँदै आएको छ। विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनका लागि पाठ्यक्रमलाई अन्तर्राष्ट्रिय सन्दर्भअनुसार समय–समयमा परिमार्जन र अद्यावधिक गर्ने गरिएको विद्यालयले जनाएको छ।
लिटिल एन्जल्समा विद्यार्थीको बौद्धिक विकासका साथै उनीहरूको मानसिक, शारीरिक र सामाजिक विकासका लागि पर्याप्त भौतिक सुविधाहरू उपलब्ध गराइएको जनाइएको छ। विद्यालयमा विशेषगरी
स्मार्ट कक्षाकोठा र आधुनिक प्रविधिको प्रयोगमार्फत पठनपाठन गराइन्छ । फराकिलो खेलमैदान, सुविधासम्पन्न प्रयोगशाला, पुस्तकालय र टाढाबाट आउने विद्यार्थीका लागि व्यवस्थित आवासीय (हस्टल) सुविधा सहितको भँैतिक पूर्वाधार रहेको विद्यालयमा हाल कक्षा ११ र १२ अन्तर्गत विज्ञान व्यवस्थापन र अन्तर्राष्ट्रिय स्तरको ‘ए लेभल’ कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।
उत्कृष्ट व्यवस्थापन, अनुभवी शिक्षक शिक्षिका र विद्यार्थी केन्द्रित शिक्षण गतिविधिका कारण नै लिटिल एन्जल्स स्कूल अहिले हजारौँ विद्यार्थी र अभिभावकको पहिलो रोजाइ बन्न सफल भएको कलेज प्रशासनको बुझाइ छ।

















प्रतिक्रिया दिनुहोस्