Advertisement
Advertisement
Corporate Samachar
१५ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

के केमा बढ्यो अन्तःशुल्क कर चकलेटदेखि कुरकुरेसम्ममा कर वृद्धि

के केमा बढ्यो अन्तःशुल्क कर चकलेटदेखि कुरकुरेसम्ममा कर वृद्धि
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३-८४ को बजेटमार्फत विभिन्न तयारी खाद्य तथा मिठाइजन्य वस्तुमा अन्तःशुल्क कर बढाएको छ। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटसँगै आएको आर्थिक विधेयक, २०८३ मार्फत यस्तो व्यवस्था गरिएको हो।

विज्ञापन
Advertisement
Advertisement

नयाँ व्यवस्थाअनुसार चकलेट तथा चिनीजन्य मिठाइमा लाग्दै आएको १५ प्रतिशत अन्तःशुल्क बढाएर २२ प्रतिशत पुर्‍याइएको छ। कोको नभएको चिनीको मिठाइ, सेतो चकलेट, चिनीले छोपेको वा नछोपेको मिठाइ तथा चुइगममा समेत यही दर लागू हुनेछ।

त्यसैगरी बजारमा लोकप्रिय स्न्याक्स वस्तुहरूमा पनि अन्तःशुल्क उल्लेख्य रूपमा बढाइएको छ। कुरकुरे, कुरमुरे, लेज, चिजबललगायत उत्पादनमा प्रतिकिलो २० रुपैयाँ रहेको अन्तःशुल्क बढाएर ७५ रुपैयाँ कायम गरिएको छ। आलुचिप्समा प्रतिकिलो १८ रुपैयाँबाट ३० रुपैयाँ तथा पास्तामा प्रतिकिलो २० रुपैयाँबाट ३५ रुपैयाँ पुर्‍याइएको छ।

पाउरोटी, पेष्ट्री, केक, बिस्कुट, वेफर्स तथा अन्य बेकरीजन्य उत्पादनमा लाग्ने अन्तःशुल्क पनि १५ प्रतिशतबाट बढाएर २२ प्रतिशत बनाइएको छ। औषधि भर्न प्रयोग हुने खाली क्याप्सुल, सिलिङ वेफर्स, राइस पेपर तथा यस्तै अन्य उत्पादनहरूमा समेत यही दर लागू हुनेछ।

सरकारले राजस्व वृद्धि, कर प्रणालीको पुनर्संरचना तथा स्वास्थ्यमा प्रतिकूल असर पार्ने प्रशोधित खाद्य पदार्थको अत्यधिक उपभोग नियन्त्रण गर्ने उद्देश्यले अन्तःशुल्क दर बढाएको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit