Advertisement
Advertisement
Corporate Samachar
२० जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

आजको मौसम: चार प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

आजको मौसम: चार प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
विज्ञापन
Advertisement

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सफा रहेको छ ।

विज्ञापन
Advertisement
Advertisement

महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा मौसम साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशको पहाडी भूभागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको एक–दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जानकारी दिएको छ ।

साथै, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको पनि महाशाखाको भनाई छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit