Advertisement
Advertisement
Corporate Samachar
१८ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

शेयर बजारले पत्याएन बजेट, सुरुवातमै १७ अंकको गिरावट

शेयर बजारले पत्याएन बजेट, सुरुवातमै १७ अंकको गिरावट
विज्ञापन
Advertisement

काठमाडाैं । बजेट पछिको पहिलो कारोबारमा शेयर बजारमा गिरावट आएको छ। शुक्रबार सार्वजनिक बजेट वक्तव्यले पूँजी बजारका विभिन्न विषयमा सम्बोधन गरेको भए पनि सुरुवातमा बजार घट्दा बजेटप्रति शेयर बजार निरश देखिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

बजेटले लामो समयदेखि लगानीकर्ताहरुले उठाउँदै आएको पूँजीगत लाभकरलाई अन्तिम कर बनाएको छ । बजेटले सूचीकृत कम्पनीको धितोपत्र विक्री गर्दा लाग्दै आएको पुँजीगत लाभकर अन्तिम हुने व्यवस्था रहेको छ । तर, आर्थिक विद्येयकमा भने शेयर खरिद विक्रि गर्दा पाँच प्रतिशत तिर्दै दिर्घकालीन लगानीकर्ता पाँच प्रतिशत तिर्दै आएको लाभकरलाई अब ७ प्रतिशत र अल्पकालीन लगानीकर्ताले तिर्दै आएको ७ प्रतिशतलाई बढाएर १० प्रतिशत कायम गरेको उल्लेख छ ।

जसको कारण बजेटमा घटाए पनि विद्येयकमा कर बढाइएको लगानीकर्ताको भनाई छ ।
अर्थमन्त्ती डा. वाग्लेले भने कर नबढाइएको दाबी पत्रकारसम्मेलन मार्फत गरेको थिए । उनले लगानीकर्ताको मागलाई नै सम्बोधन गरेको दाबी थियो । यो समाचार तयारहुँदा सम्म नेप्से सूचक १७.३१ अंकले घटेर दुई हजार ७६४.७८ विन्दुमा आइपुगेको छ । भने ४२ करोड २२ लाख रुपैयाँको कारोबार भएको छ । लगानीकर्ता माइक्रो इन्स्योरेन्समा आकर्षण देखिएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit