Advertisement
Advertisement
Corporate Samachar
१५ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

दल दर्ताको प्रमाणपत्र पाएपछि रेशमलालले भने–समुदायमा आधारित समाजवाद पार्टीको मुख्य उद्देश्य

दल दर्ताको प्रमाणपत्र पाएपछि रेशमलालले भने–समुदायमा आधारित समाजवाद पार्टीको मुख्य उद्देश्य
विज्ञापन
Advertisement

काठमाडौं । रेशमलाल चौधरीको संरक्षकत्वमा कबिर सोप अध्यक्ष रहने गरी निर्वाचन आयोगमा दर्ता भएको नागरिक उन्मुक्ति पार्टी नेपालले दल दर्ताको प्रमाणपत्र पाएको छ । बुधबार रेशम चौधरी, कबिर सोप लगायतका अन्य सदस्यले आयोगमा गएर पार्टी दर्ताको प्रमाण पत्र बुझेका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

यसअघि चौधरीले नागरिक उन्मुक्ति पार्टी गठन गरेका थिए । गत निर्वाचनमा सो पार्टीले ४ सिट ल्याएको थियो । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँगको किचलोका कारण चौधरीले नयाँ पार्टी गठन गरेका हुन् । त्यस्तै पार्टी दर्ता गर्दै उनले नेपालको हरेक शासन, हरेक निकाए हरेक तप्कामा सामान्य सिमन्तकृत, आदीबासि जनजाति, थारु महिला पिछडिएका वर्गको सबैको सहभागिता हुन पर्छ भन्ने उदेश्यले नागरिक उन्मुत्ति पार्टी नेपालको जन्म भएको बताए ।

उनले विगतका दिनमा नागरिक उन्मुक्ति पार्टी गठन गर्दापनि आफुले यीनै कुरालाई प्रधानता दिएको उल्लेख गरे । तर कारण बस ती कामहरु पुरा नभएको अब पुरा गर्ने बताएका छन् । उनले वर्तमान परिपक्षमा अब हरेक नागरिकलाई न्याए दिन पर्ने भन्दै नागरिकलाई राज्यसँगको सहभागिता गराउन आवश्यक रहेको बताए । उनले भने, ‘धेरै नेपाली नागरिकलाई संविधान छ भन्ने थाहा छ तर संविधानमा आफ्ना हक र अधिकार लेखिएको÷नलेखिएको बारेमा थाहा छैन । हाम्रो देश नेपालको हरेक शासन, हरेक निकाय हरेक तप्कामा सामान्य भन्दा सामान्य सिमन्तकृत, आदीबासि जनजाति, थारु महिला पिछडिएका वर्गको सबैको सहभागिता हुन पर्छ भन्ने उदेश्यले नागरिक उन्मुत्ति पार्टी नेपालको जन्म भएको छ ।’

समुदायमा आधारित समाजवाद नै आफ्नो पार्टीको सबैभन्दा ठूलो मुद्दा भएको चौधरीको भनाइ छ । उनले भने, ‘हाम्रो उद्देश्य वृहत छ । समुदायमा आधारित समाजवाद, समुदायले न्याय पाउँछ र हरेक क्षेत्र, तह र तप्कामा यो कुरा नीतिगत रुपमै लागू गर्ने उद्देश्य साथ हामीले यो पार्टीलाई विस्तार गर्छौं ।’

तल्लो तह र तप्कामा पिछडिएका नागरिकलाई मूलधारको राजनीतिमा ल्याउने गरी आगामी निर्वाचनको तयारी गर्ने चौधरीले बताए । नयाँ दर्ता भएको पार्टीले तराई–मधेशसँगै समग्र नेपालको मुद्दा बोक्ने उनको जिकिर छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit