Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

बीमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गछौं : प्रधानमन्त्री

बीमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गछौं : प्रधानमन्त्री
विज्ञापन
Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गर्ने बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थाहरुद्वारा आज काठमाडौंमा आयोजित ‘इन साइट अफ लाइभ २०३०’ नामक अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले दिगो विकास लक्ष्यहरू पूरा गर्ने प्रतिबद्धता जनाए । उनले विशेष गरी दृष्टि गुमाउने जोखिममा रहेकालाई ध्यानमा राखेर प्राथमिक स्वास्थ्य सेवा प्रणाली र आवश्यक सेवामा आँखा स्वास्थ्यको समायोजनलाई प्राथमिकता दिइएको उल्लेख गरे ।

नेपालमा सन् २०२२ मा बच्न सकिने अन्धोपनको द्रूत मूल्याङ्कन पूरा भएको र यसले राष्ट्रिय प्राथमिकतालाई मार्गदर्शन गर्न सघाएको उल्लेख गरे । प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्र रणनीतिक योजना सन् २०३० मा प्रभावकारी मोतियाबिन्दु शल्यक्रिया कभरेज ३५.४५ बाट बढाएर ७५ प्रतिशतसम्म पुर्याउने प्रतिबद्धता गरि एको जानकारी दिए ।

उनले यस यत्रामा कुनै पनि देश एक्लै हिँडेर गन्तव्यमा पुग्न नसक्ने भएकाले विश्वव्यापी सहकार्यमा जोड दिए । आँखा स्वास्थ्यलाई अब सार्वजनिक स्वास्थ्य पूर्वाधारको एक हिस्साको रुपमा लिइएको भन्दै उनले विद्यालय तहबाट दृष्टि परीक्षण र नर्स कार्यक्रम सञ्चालन गरी शिक्षामा समानता र लैङ्गिक पहुँच विस्तार गरिएको बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit