Advertisement
Advertisement
Corporate Samachar
७ असार २०८३, आईतवार
Advertisement

पाँच करोडमा तयार भयो वडा कार्यालयको भवन

पाँच करोडमा तयार भयो वडा कार्यालयको भवन
विज्ञापन
Advertisement

काठमाडौं। काठमाडौं महानगरपालिकाको वडा नम्बर ११ को कार्यालय नयाँ प्रशासनिक भवनमा सारिएको छ । यसअघि बबरमहलमा भाडाको भवनबाट सेवा दिँदै आएको वडा कार्यालय नवनिर्मित भवनमा सारेर सेवा प्रारम्भ गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

नवनिर्मित भवनमा शिलालेख अनावरण गर्दै वडाध्यक्ष एवं महानगरपालिकाको भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकारले उक्त भवन असक्त नागरिक मैत्री भएको बताए । उनले भने, ‘शारीरिक अवस्था कमजोर हुने, व्हील चेयर प्रयोगकर्ता, दृष्टिविहिन सबै सेवाग्राहीहरु हरेक तलामा पुग्न सक्ने गरी भवन निर्माण भएको छ । हरेक तलामा भएका शौचालय प्रयोग गर्न सक्नुहुन्छ ।’

यस्तै उनले सार्वजनिक सेवा प्रवाहमा सबैको पहुँच सुनिश्चित गर्ने गरी महानगरपालिकाभित्रका सार्वजनिक भवन निर्माण भइरहेको जानकारी दिए।

भवन उद्घाटन अवसरमा वडा नं.८ का अध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत र वडा नं.९ का अध्यक्ष एवं कृषि पशुपन्छी तथा सहकारी समितिका संयोजक रामजी भण्डारीले वडाको नवनिर्मित भवन वडाबासीका लागि गर्व गर्न योग्य काम भएको उल्लेख गरे । सेतो रङ्गको भवनलाई बिम्बका रुपमा प्रयोग गर्दै उनीहरुले भवनको रङ्गजस्तै सेवा पनि थप पारदर्शी र जवाफदेही हुँदै जाने धारणा राखे ।

यसअघि २०८० मंसिर २८ गते बिहीबार भवन निर्माणका लागि शिलान्यास गरिएको थियो ।

भवन निर्माणका लागि करिब ६ करोड ३३ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो । सार्वजनिक खरिद प्रक्रियाबाट भ्याट र बिमा रकमसहित ५ करोड ७ लाख २७ हजार रुपैयाँ कबोल गर्ने आरएस निर्माण सेवाले निर्माणको जिम्मा पाएको थियो । २०८१ मंसिर मसान्तभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी ठेकेदारलाई मंसिर १२ गते कार्यादेश दिइएको थियो ।

इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार ११ आना जमिनमा ७ हजार २५० स्वायरफिट क्षेत्रफलमा भवन निर्माण भएको हो । ४ तलाको भवन बागदरबारकै शैली र उचाइमा निर्माण भएको छ। भवनको भित्री सुविधा आधुनिक छन् । भवनको भुइँ तला १ हजार ६३० दशमलव ८१ स्क्वायर फिटको छ । यस तलाबाट सेवा प्रवाह हुनेछ । पहिलो तलामा वडाध्यक्ष, वडा सचिव र इञ्जिनियरको कक्ष राखिएको छ । दोस्रो तलामा वडा सदस्य र कर्मचारी कक्ष छ । तेस्रो तलामा स्टाफ पेन्ट्री (खाना, खाजा र रिफ्रेसमेन्ट कक्ष), मेलमिलाप कक्ष सञ्चालन गरिनेछ । यही तलामा ५० जना अट्ने सभा कक्ष छ ।

वडा सचिव धर्मराज भट्टराईका अनुसार स्वास्थ्य प्रवर्धन केन्द्र पनि बबरमहलबाट नै सञ्चालन हुनेछ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit