Advertisement
Advertisement
Corporate Samachar
२२ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

आठ करोड लागतमा निर्माणासधन ‘लिफ्ट सिँचाइ’ बाट दोधारा–चाँदनीको दुई सय हेक्टरमा सिँचाइ सुविधा

आठ करोड लागतमा निर्माणासधन ‘लिफ्ट सिँचाइ’ बाट दोधारा–चाँदनीको दुई सय हेक्टरमा सिँचाइ सुविधा
विज्ञापन
Advertisement

दोधारा चाँदनी (कञ्चनपुर) । दोधारा–चाँदनी नगरपालिकास्थित कञ्जभोजमा लिफ्ट सिँचाइ योजनाको काम अन्तिम चरणमा पुगेको छ। महाकाली सिँचाइ तेस्रो चरणको आयोजना कार्यालयले आठ करोड नौ लाख रुपैयाँ लागतमा लिफ्ट सिँचाइ निर्माण गरिरहेको छ ।

विज्ञापन
Advertisement
Advertisement

आयोजना प्रमुख योगेन्द्र मिश्रले सिँचाइबाट दोधारा–चाँदनीको दुई सय हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुने जानकारी दिए । ‘ठेक्का सम्झौताअनुसार आगामी चैत मसान्तभित्र काम सम्पन्न गरिसक्नुपर्ने भए पनि हामीले द्रूत गतिमा काम गरिरहेका छौँ । यही गतिमा काम भएमा डेढ/दुई महिनाभित्र पानी सञ्चालन हुने अवस्थामा पुग्छौँ’, उनले भने, ‘यसबाट दोधारा–चाँदनीमा २०० हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुनेछ ।’

विसं २०७९ मङ्सिरमा निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । ५६ दशमलव ८५ वर्गकिलोमिटर क्षेत्रफल रहेको दोधारा–चाँदनीमा तीन हजार ६०० हेक्टरमा खेती हुँदै आएको छ। सबै ठाउँमा सिँचाइ सुविधा नहुँदा यहाँका किसान समस्यामा पर्दै आएका छन् । किसानले प्रतिघण्टा २०० रुपैयाँ तिरेर मोटरबाट सिँचाइ गर्दै आएका स्थानीय सीता सुनारले बताइन् । ‘सिँचाइ नहुँदा खेती गर्न निकै समस्या हुँदै आएको छ। अब आयोजना सञ्चालनमा आए धेरै सहयोग पुग्ने छ’, उनले भनिन् ।

महाकाली सिँचाइ तेस्रो चरणको आयोजनाले महाकाली सिँचाइ मूल नहर निर्माणबाहेक लिफ्ट सिँचाइ र बोरिङबाट सिँचाइ सुविधा उपलब्ध गराउँदै आएको छ । आर्थिक वर्ष २०६३/०६४ देखि सुरु भएको तेस्रो चरणको आयोजना टनकपुरदेखि कैलालीको गोदावरीसम्म ४८ किलोमिटर मूल नहर निर्माण गर्ने भनिए पनि २८ किमी मात्र निर्माण सम्पन्न भएको छ । बाँकी २० किलोमिटर नहर निर्माणको काम भइरहेको छ। निर्माण सम्पन्न भएको २८ किलोमिटर मूल नहरबाट सिँचाइका लागि २२ वटा शाखा नहर निर्माणको काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।

आयोजना कार्यालयका अनुसार निर्माण भएको नहरबाट चार हजार हेक्टर जमिनमा सिँचाइ उपलब्ध गराउने गरी संरचना तयार भए पनि भारतीय पक्षले टनकपुरबाट पानी नछोड्दा समस्या भइरहेको छ ।

विसं २०८७ सम्म कैलालीको मालाखेतीसम्म मूल नहरसहित १५१ किलोमिटर नहर निर्माण सम्पन्न गर्ने आयोजनाको लक्ष्य छ । जसबाट कैलाली र कञ्चनपुरको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ । रासस/फाइल फोटो

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit