Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक अर्ब ८९ करोड बजेट पारित

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक अर्ब ८९ करोड बजेट पारित
विज्ञापन
Advertisement

काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौँ सभा सम्पन्न भएको छ । प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज सिंहदरबारमा सभा सम्पन्न भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

त्यस अवसरमा कुलपति कार्कीले उत्कृष्ट विशेषज्ञ सेवासहित ५०० शय्यामा सञ्चालनमा रहेको प्रतिष्ठानलाई सरकारका तर्फबाट निरन्तर आवश्यक सहयोग हुने बताइन् । उनले पछिल्ला केही वर्षयता प्रतिष्ठानले अत्याधुनिक स्वास्थ्य उपकरणको व्यवस्था गरी लाखौँ नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराएको भन्दै प्रशंसा पनि गरिन् ।

कुलपति कार्कीले प्रतिष्ठानले भरपर्दो स्वास्थ्य संस्थाका रूपमा विकास गर्नु सरकार र सबैका लागि गौरवको विषय भएको धारणा राखेको उनको सचिवालयले जनाएको छ । सभाले प्रतिष्ठानका उपकुलपति डा भरतबहादुर खत्रीले प्रस्तुत गरेको बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ । जसमा यस वर्षका लागि एक अर्ब ८९ करोड ४६ लाख रुपैयाँ रहेको छ । जसमा सरकारबाट ३६ करोड ९५ लाख र आन्तरिक स्रोतबाट एक अर्ब ५२ करोड ५१ लाख रहेको छ ।

गत आर्थिक वर्षमा प्रतिष्ठानले सरकारबाट ५७ करोड १९ लाख पाएको थियो भने आन्तरिक स्रोतमा एक अर्ब १३ करोड रुपैयाँ रहेको थियो ।

विसं २०७२ मा पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रुपन्तारण गरिएको थियो । प्रतिष्ठानमा स्नातकोत्तरतर्फ एमडी, एमएसमा १३ विभागअन्तर्गत १०० विद्यार्थी अध्ययनरत छन् । स्नातकतर्फ एमबिबिएस, बिएनएस, बिएसी नर्सिङतर्फ १७० विद्यार्थी अध्ययनरत छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit