Advertisement
Advertisement
Corporate Samachar
१९ असार २०८३, शुक्रबार
Advertisement

काठमाडौं जिल्ला प्रहरीमा जेनजी आन्दोलनका क्रममा भएको नोक्सानीका १०४ वटा जाहेरी दर्ता

काठमाडौं जिल्ला प्रहरीमा जेनजी आन्दोलनका क्रममा भएको नोक्सानीका १०४ वटा जाहेरी दर्ता
विज्ञापन
Advertisement

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका घटना पश्चात जिल्ला प्रहरी परिसर काठमाडौंमा जम्मा १०४ वटा जाहेरी दर्खास्तहरु परेको जानकारी दिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार पत्रकार भेटघाट कार्यक्रममा उनले हालसम्म सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेतका व्यक्तिगत २२, सरकारी कार्यालयसँग सम्बन्धित ६६ र संस्थागत व्यापारिक प्रतिष्ठानका १६ गरेर जम्मा १०४ वटा जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौंमा दर्ता भएको बताएका हुन् ।

उनले भने, ‘भदौ २३ र २४ गतेको घटना पश्चात जिल्ला प्रहरी परिसर काठमाडौंमा हालसम्म जम्मा १०४ वटा जाहेरी दर्खास्तहरु प्राप्त हुन आएका छन् । यसमा सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेत र व्यक्तिगत २२, सरकारी कार्यालयसँग सम्बन्धित ६६ र संस्थागत व्यापारिक प्रतिष्ठानका १६ गरेर जम्मा १०४ वटा जाहेरी दर्खास्तहरु अहिलेको मितिसम्म जिल्ला प्रहरी परिसर काठमाडौंमा दर्ता भएको छ ।’

जाहेरी दर्खास्तहरु मध्य सबैभन्दा बढि ५७ प्रतिशत सरकारी कार्यालयसँग सम्बन्धित, सबैभन्दा कम संस्थागत र व्यापारिक प्रतिष्ठानका २३ प्रतिशत र व्यक्तिगत रुपमा प्राप्त हुन आएका जाहेरी दर्खास्तहरु ४३ प्रतिशत रहेको उनको भनाइ छ । साथै, उनले उक्त अवधीमा मृत्यु भएका मानिसहरुसँग सम्बन्धित ४२ वटा जाहेरी दर्खास्तहरु दर्ता गरेर अनुसन्धान गरिरहेको भन्दै यसमा तीन जना प्रहरी कर्मचारीको मृत्यु भएको घटना पनि समावेश गरिएको बताए ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit