Advertisement
Advertisement
Corporate Samachar
१९ असार २०८३, शुक्रबार
Advertisement

लाभांश वितरण गर्दा लाभांशमा लाग्ने लाभकर स्वयम कम्पनीले तिनुपर्ने

लाभांश वितरण गर्दा लाभांशमा लाग्ने लाभकर स्वयम कम्पनीले तिनुपर्ने
विज्ञापन
Advertisement

 काठमाडाैं । शेयर बजारमा सूचीकृत कम्पनीहरुले शेयरधनीलाई लाभांश वितरण गर्दा लाभांशमा लाग्ने लाभकर स्वयम कम्पनीले तिनुपर्ने भएको छ। नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकामा दशौं संशोधन मार्फत यस्तो व्यवस्था गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

कतिपय कम्पनीले लाभांश कर नतिरेसम्म बोनस शेयर शेयरधनीको खातामा जम्मा नगरेको पाइएपछि बोर्डले कम्पनीले नै लाभंशबापतको कर तिर्नुपर्ने व्यवस्था गरेको हो । अब कम्पनीले शेयरधनीलाई बोनस शेयर वितरण गर्दा लाग्ने लाभांश कर लाभांशबाट आफैं मिलान गर्नुपर्ने छ।

यस अघि कुनै पनि कम्पनीले बोनस शेयरमात्र वितरण गरेमा उक्त बोनस लिनको लागि लगानीकर्ता स्वयमले कर बापतको नगद तिर्नुपर्ने व्यवस्था रहेको थियो । उक्त व्यवस्थाले लगानीकर्तालाई सानो रकम तिर्नको लागि पनि बैंकमा लाइन लाग्नु पर्ने अवस्था थियो । जसको कारण लगानीकर्ताले उक्त व्यवस्था संशोधन गर्न माग राख्दै आएको थिए ।

‘बोर्डमा धितोपत्र दर्ता गरेका सम्पूर्ण सङ्गठित संस्थाहरूले सेयरधनीलाई प्रदान गर्ने बोनस शेयर वितरण गर्दा लाग्ने लाभांश कर सम्बन्धित सङ्गठित संस्थाले नै लाभांश बाट मिलान गरी भुक्तानी गर्ने व्यवस्था गर्नुपर्नेछ ।’ निर्देशिकामा भनिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit