Advertisement
Advertisement
Corporate Samachar
१९ असार २०८३, शुक्रबार
Advertisement

सुदूरपश्चिमले कर्णालीलाई दियो १४० रनको लक्ष्य

सुदूरपश्चिमले कर्णालीलाई दियो १४० रनको लक्ष्य
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई जीवतका लागि १४० रनको लक्ष्य दिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १३९ रन बनायो । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३९ रन बनाए । साथै आरिफ शेखले २७ रनको योगदान दिए ।

सुदूरपश्चिमलाई सामान्य योगफलमा समेट्ने क्रममा कर्णालीका कप्तान सोमपाल कामीले तीन विकेट लिए भने किफायति बलिङ गरेका नन्दन यादवले दुई विकेट हात पारे ।

सुदूरपश्चिम आज कर्णालीविरुद्ध जीत निकाल्दै तेस्रो खेलमा पनि अपराजित यात्रा कायम राख्ने लक्ष्यमा छ। साथै पहिलो खेलमा चितवन राइनोजसँग हारेको कर्णाली आज दोस्रो जितको खोजीमा छ। कर्णालीले आफ्नो दोस्रो खेलमा लुम्बिनी लायन्सलाई पराजित गरेको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit