Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नर्भिक अस्पतालले आइटी उपकरणका लागि बन्द बोलपत्र आह्वान

नर्भिक अस्पतालले आइटी उपकरणका लागि बन्द बोलपत्र आह्वान
विज्ञापन
Advertisement

काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पताल तथा मेडिकल कलेज लिमिटेडले विभिन्न प्रकारका सूचना–प्रविधि (आईटी) उपकरण खरिदका लागि योग्य आपूर्तिकर्ताबाट बन्द बोलपत्र  आह्वान गरेको छ। अस्पतालले २०८२ मंसिर ८ गते सूचना प्रकाशित गर्दै कम्प्युटरदेखि लिएर प्रिन्टर, राउटर, टेलिभिजन तथा युपिएससम्मका उपकरण सप्लाई, डेलिभरी, इन्स्टलेसन, कन्फिगरेसन र परीक्षण कार्यसहित उपलब्ध गराउन इच्छुक कम्पनीहरूलाई प्रतिस्पर्धात्मक दरमा कोटेसन पेश गर्न आग्रह गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

अस्पतालले २१ सेट डेस्कटप, हेभी ड्युटी प्रिन्टर, मल्टिफंक्शन लेजर प्रिन्टर, लेजर कलर प्रिन्टर, कोर राउटर, स्मार्ट टिभी, २७ र ३२ इन्चका मोनिटर, १० थान डेस्कटप युपिएस र स्क्यानर लगायतका उपकरण माग गरेको छ।

बोलपत्र बुझाउने र खोल्ने मिति

बोलपत्र बुझाउने अन्तिम मिति २०८२ मंसिर २२ ( दिउँसो १ बजेसम्म निर्धारित गरिएको छ। प्राप्त बोलपत्रहरू सोही दिन दिउँसो ४ बजे अस्पताल परिसरमै खोलिने अस्पतालले जनाएको छ।
यसअघि मंसिर १९ मा दिउँसो १ बजे प्रि–बिड बैठक आयोजना गरिने छ।

सूचना अनुसार इच्छुक आपूर्तिकर्ताले नर्भिक अस्पतालको प्रोक्योरमेन्ट विभागबाट विस्तृत बोलपत्र कागजात प्राप्त गर्न सक्नेछन्। उपकरणसम्बन्धी सबै प्राविधिक विवरण  कागजातमै उपलब्ध गराइने जनाएको छ।

अस्पतालले आवश्यक ठहरिएमा कुनै पनि समयमा बोलपत्र प्रक्रिया रद्द गर्न सक्ने अधिकार सुरक्षित राखेको छ। थप जानकारीका लागि अस्पतालको इमेल [email protected] मा सम्पर्क गर्न सकिने अस्पतालले जनाएकाे छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit