Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

घरमै स्वास्थ्य परीक्षणदेखि पोषण भत्तासम्म सेवा दिने महानगरको घोषणा

घरमै स्वास्थ्य परीक्षणदेखि पोषण भत्तासम्म सेवा दिने महानगरको घोषणा
विज्ञापन
Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले ज्येष्ठ नागरिक तथा अशक्त नागरिकलाई लक्षित गर्दै घरमै स्वास्थ्य परीक्षण तथा परामर्श सेवा उपलब्ध गराउने घोषणा गरेको छ। साथै ७५ वर्ष उमेर पूरा गरेका वरिष्ठ ज्येष्ठ नागरिक र पूर्ण अशक्त अपाङ्गता भएका महानगरवासीलाई पोषण भत्ता उपलब्ध गराइने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

आइतबार आयोजित नगरसभाको १९औँ अधिवेशनमा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले ‘ज्येष्ठ तथा अशक्त नागरिकसँग महानगर’ कार्यक्रम सञ्चालन गरिने जानकारी दिएकी हुन्। उनका अनुसार उक्त कार्यक्रममार्फत ज्येष्ठ तथा अशक्त नागरिकको घरमै पुगेर निःशुल्क स्वास्थ्य परीक्षण तथा स्वास्थ्य परामर्श सेवा प्रदान गरिनेछ। साथै वरिष्ठ ज्येष्ठ नागरिक र पूर्ण अशक्त अपाङ्गता भएका नागरिकलाई पोषण भत्ता उपलब्ध गराइने व्यवस्था गरिनेछ।

महानगरले सामाजिक सुरक्षा र स्वास्थ्य सेवासँगै स्थानीय विकासलाई पनि प्राथमिकतामा राखेको जनाएको छ। सोहीअनुसार हाल सञ्चालनमा रहेको ‘एक वडा, एक नमुना कार्यक्रम’लाई थप प्रभावकारी र दिगो बनाउँदै संस्थागत गर्ने नीति लिइएको छ। महानगरका अनुसार प्रत्येक वडाको आवश्यकता, सम्भावना र विशेषतालाई आधार बनाएर नमुना योजना कार्यान्वयन गरिनेछ। यसबाट स्थानीयस्तरमा विकास कार्यक्रमको प्रभावकारिता र दिगोपन सुनिश्चित हुने अपेक्षा गरिएको छ।

आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रममार्फत महानगरले सामाजिक सुरक्षा, स्वास्थ्य सेवा विस्तार तथा स्थानीय विकासलाई मुख्य प्राथमिकतामा राखेको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit