Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एनपिएलः लुम्बिनीलाई काठमाडौंको १५८ रनको चुनौती

एनपिएलः लुम्बिनीलाई काठमाडौंको १५८ रनको चुनौती
एनपिएलः ब्याटिङ गर्दै काठमाडौँ गोर्खाज काठमाडौँ, ९ मङ्सिरः कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा मङ्गलबार काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीचको प्रतिस्पर्धामा ब्याटिङ गर्दै काठमाडौँ गोर्खाजका खेलाडी । तस्बिरः किरणराज विष्ट÷रासस
विज्ञापन
Advertisement

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिल) अन्तर्गत आजको खेलमा काठमाडौं गोर्खाजले लुम्बिनी लायन्सलाई १५८ रनको लक्ष्य दिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १५७ बनायो । यसमा कप्तान करण केसीले अविजित ३४, आकाश त्रिपाठीले ३२ र सन्तोष यादवले २६ रनको योगदान गरे

लुम्बिनीका कप्तान रोहित पौडेल, खेलाडी शेर मल्ल, गुल्बादिन नायब, रूबेन ट्रम्पलम्यानले दुई÷दुई विकेट लिए । काठमाडौँले तीन खेल खेलेको छ, जसमा दुई हार र एकमा जित निकालेको थियो । काठमाडौँ दुई अङ्कसहित तेस्रो स्थानमा छ ।

लुम्बिनी पनि तीन खेलमध्ये एक जित निकाल्दै दुई अङ्कसहित चौँथो नम्बरमा छ । दुवै टोलीलाई प्लेअफ पुग्ने सम्भावना जीवित राख्न आजको खेल महत्त्वपूर्ण मानिएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit