Advertisement
Advertisement
Corporate Samachar
२९ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सीमासम्बन्धी अभिव्यक्तिमा प्रधानमन्त्री स्वयंले जवाफ दिनुपर्छ : बराल

सीमासम्बन्धी अभिव्यक्तिमा प्रधानमन्त्री स्वयंले जवाफ दिनुपर्छ : बराल
विज्ञापन
Advertisement

काठमाडौं । नेकपा (एमाले) का सांसद गुरुप्रसाद बरालले प्रधानमन्त्रीले संसद्मा दिएको सीमासम्बन्धी अभिव्यक्तिबारे प्रधानमन्त्री स्वयंले स्पष्ट जवाफ दिनुपर्ने बताएका छन् । उनले परराष्ट्रमन्त्रीले दिएको स्पष्टीकरण पर्याप्त नभएको उल्लेख गर्दै प्रधानमन्त्रीको जवाफ अरूले दिन नसक्ने धारणा राखेका हुन्।

विज्ञापन
Advertisement
Advertisement

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै बरालले प्रधानमन्त्रीले संसद्मा ‘नेपालले भारतको सीमा मिचेको छ’ भन्ने आशयको अभिव्यक्ति दिएको दाबी गर्दै उक्त भनाइ अभिलेखबाट सच्याउन माग गरे। उनले संसद्को रेकर्डमा रहेको अभिव्यक्ति ऐतिहासिक दस्तावेजका रूपमा रहने भएकाले त्यसबारे स्पष्टता आवश्यक रहेको बताए।

‘प्रधानमन्त्रीले संसद्मा रेकर्ड हुने गरी दिएको अभिव्यक्ति ऐतिहासिक अभिलेखका रूपमा रहन्छ। त्यसैले उक्त विषय स्पष्ट हुनुपर्छ र आवश्यक परे अभिलेखबाट हटाइनुपर्छ,’ उनले भने।

बरालले नेपाल र भारतबीच १ हजार ८८० किलोमिटर खुला सीमा रहेको र दुई देशबीच ८ हजार ५५३ वटा सीमा स्तम्भ निर्धारण गरिएको उल्लेख गर्दै सीमासम्बन्धी विषयमा सरकारको धारणा स्पष्ट हुनुपर्ने बताए।

उनले परराष्ट्रमन्त्रीले संसद्मा दिएको स्पष्टीकरणले विषयको सम्बोधन गर्न नसकेको भन्दै प्रधानमन्त्री स्वयंले आफ्नो अभिव्यक्तिबारे संसद्लाई जवाफ दिनुपर्ने बताए।

‘प्रधानमन्त्रीले दिएको जवाफको जवाफदेहिता अरू कसैले लिन सक्दैन। त्यसैले प्रधानमन्त्रीले नै संसद्मा आएर स्पष्ट पार्नुपर्छ,’ उनले भने।

सांसद बरालले नेपाल–भारत सीमा विवाद समाधानका लागि सरकारले थप सक्रियता देखाउनुपर्ने धारणा पनि राखे। उनले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रसँग सम्बन्धित विवाद समाधानका लागि कूटनीतिक पहल आवश्यक रहेको बताए।

चीन भ्रमणमा जान लागेका नेपाली मन्त्रीहरूले त्रिदेशीय सीमा बिन्दुसम्बन्धी विषयलाई पनि प्राथमिकताका साथ उठाउनुपर्ने सुझाव दिँदै उनले नेपालको दाबी र ऐतिहासिक तथ्य अन्तर्राष्ट्रिय स्तरमा स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit