Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

पाचौँ पाँचथर गोल्डकप फुटबल फागुन २४ देखि

पाचौँ पाँचथर गोल्डकप फुटबल फागुन २४ देखि
विज्ञापन
Advertisement

पाँचथर। पाचौँ पाँचथर गोल्डकप फुटबल प्रतियोगिता आगामी फागुन २४ देखि चैत २ गतेसम्म सञ्चालन हुने भएको छ । आइतबार यहाँ पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिइएको हो ।

विज्ञापन
Advertisement
Advertisement

फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा हुने प्रतियोगितामा स्वदेश र विदेशका गरी आठ टोली सहभागी हुने प्रतियोगिता आयोजक पाँचथर क्लबले जनाएको छ । ‘ए’ डिभिजन खेल्ने केही क्लबसहित दुई विदेशी टोली स्पर्धा गर्न आउने क्लबका अध्यक्ष कमल तुम्रोकले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने टोलीले रु ११ लाख एक हजार एक सय ११ र उपविजेतालाई रु पाँच लाख ५५ हजार पाँच सय ५५ नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताका निम्ति रु ७० लाख विनियोजन भएको अध्यक्ष तुम्रोकले बताए ।

आयोजक क्लबले आज पाँचथरको फिदिममा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी दिएको हो । चौथो पाँचथर गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटवल क्लबले जितेको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit