
काठमाडौं । नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोलीले अफगानिस्तानसँग घरेलु मैदानमा ३ खेलको सिरिज खेल्ने तय भएको छ।
नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार सिरिज मूलपानी क्रिकेट मैदानमा चैत २१ गते, २४ गते र २७ गते आयोजना हुनेछ। बिहीबार क्यानले नेपालले विश्वकप छनोटको तयारीका लागि अफगानिस्तानसँग सिरिज खेल्न लागेको जनाएको हो ।
अफगानिस्तानको युवा टोलीले क्यानको निमन्त्रणामा मूलपानीमा हुने ३ खेलको सिरिज खेल्न नेपाल भ्रमण गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्