काठमाडौं । सम्पत्ति क्षेत्रमा गिरावट, थाइल्यान्डसँगको सीमा विवाद र अमेरिकी शुल्क वृद्धिले कम्बोडियाको आर्थिक वृद्धिमा बाधा पुर्याएको विश्व बैङ्कको आर्थिक प्रतिवेदनले जनाएको छ ।
विश्व बैङ्कले कम्बोडियाको अर्थतन्त्र सन् २०२५ मा ४.८ प्रतिशतले बढ्ने अनुमान गरेको थियो, तर अर्थतन्त्रमा वृद्धि अपेक्षाकृत देखिएन । सन् २०२४ मा कम्बोडियाको आर्थिक वृद्धि ६ प्रतिशत रहेके थियो। सम्पत्ति बजार मन्दीले घरेलु माग र निर्माण गतिविधिलाई कमजोर बनाएको तथा सीमा तनावले श्रम बजार र पर्यटनलाई अवरुद्ध गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । गत अगस्ट –१ मा, संयुक्त राज्य अमेरिकाले कम्बोडियाबाट आयात गरिएका सबै सामानहरूमा १९ प्रतिशत शुल्क लगाएको थियो ।
कम्बोडियाले संयुक्त घरेलु र बाह्य कारणहरू बिच एक चुनौतीपूर्ण अवधिमा यात्रा गरिरहेको कम्बोडियाका लागि विश्व बैंककी कन्ट्री म्यानेजर तानिया मेयरले बताइन् । उनले व्यापार वातावरण सुधार गरी अनौपचारिक उद्यमहरूलाई समर्थन गर्न र रोजगारी सिर्जना गर्न अत्यावश्यक रहेको तर्क गरेकी छन् । प्रतिवेदनका अनुसार कम्बोडियाको अन्तर्राष्ट्रिय भण्डारको अवस्था सामान्य छ भने लगभग ७.५ महिनाको आयातलाई हालको मौज्दातले समेटेको छ। यसैगरी सार्वजनिक ऋण घरेलु उत्पादन (जीडीपी) को लगभग २६ प्रतिशत भन्दा कम छ ।
यस वर्ष मुद्रास्फीति औसत २.७ प्रतिशत रहेको र विदेशी प्रत्यक्ष लगानी प्रवाह २८.४ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । सिन्ह्वा







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्