Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

गोलन्जोरको सान बोटमै पहेँलपुर जुनार हेर्नुहोस् (तस्बिरहरु)

गोलन्जोरको सान बोटमै पहेँलपुर जुनार हेर्नुहोस् (तस्बिरहरु)
विज्ञापन
Advertisement

सिन्धुली । सिन्धुलीको जुनारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न जुनार मेला आयोजना गरिएको छ । सिन्धुली ‘गोलन्जोरको सान जुनार हाम्रो पहिचान, गोलन्जोरको जुनार समृद्विको आधार’ भन्ने नाराका साथ मंसिर २३–२५ गते (आज) सम्म बगैँचा स्थलमै पहिलो पटक जुनार प्रवर्द्धन मेला २०८२ आयोजना गरिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

यहाँको मौलिक फलको रुपमा परिचित गोलन्जोर गाउँपालिकामा अवस्थित जुनार बगैँचामा कृषि पर्यटन प्रवद्र्वन गर्ने तथा स्थानीय रुपमा उत्पादित जुनारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चिनाउने उद्देश्यले मेलाको आयोजना गरिएको हो । पूर्वाधार विकास कार्यालय सिन्धुलीका कार्यालय प्रमुख लक्ष्मी प्रसाद सापकोटाले सिन्धुलीको जुनारलाई प्रवर्द्धन गर्नको लागि मेलाको आयोजना भएको बताए ।

उक्त मेलाले देशसँगै विश्वभर जुनारको प्रचार–प्रसार गर्न तथा उत्पादनलाई बजारसँग जोड्नको लागि महत्वपूर्ण भूमिका खेल्ने सापकोटाको भनाइ छ ।
उनले भने, ‘देशभर जुनारको लागि सिन्धुली प्रसिद्ध छ । जुनार फल्ने मुख्य ठाँउ भनेको गोलन्जोर गाउँपालिका हो। यहाँको जुनारको स्वाद र मिठास छुट्टै हुन्छ र यसलाई सबैमाझ चिनाउनको लागि र प्रवद्र्धन गर्नको लागि मेला आयोजना भएको हो । यसले समग्र देश र विश्वभर नै जुनारको प्रचार प्रसार गर्नको लागि र उत्पादनलाई बजारसँग जोड्नको लागि महत्वपूर्ण भूमिका खेल्ने हामीले महशुस गरेका छौं ।’

यस्तै, उनले उत्पादनलाई बजारसँग जोड्नका लागि सडकहरुको राम्रो व्यवस्था नभएको भन्दै सडकहरुलाई पक्की बनाउनुपर्ने माग गरे । सडक पूर्वाधार राम्रो भए उत्पादनलाई सहज रुपमा बजारसम्म पुर्याउन सकिने उनको धारणा छ । साथै, जुनार उत्पादक सहकारी संघका अध्यक्ष निर्मल कुमार रम्तेलले जुनारको खेती प्रवद्र्धन, उत्पादनलाई व्यवसायिक प्रवर्द्धनसँगै आन्तरिक पर्यटन प्रवद्र्धन गर्नका लागि गोलन्जोर गाउँपालिका वडा नं ४ मा जुनार प्रवर्द्धन मेला आयोजना गरेको बताए ।

उनले विभिन्न सरकारी निकाय, गैर सरकारी निकायहरु र विभिन्न दातृ निकायहरुको साझेदारीमा गोलन्जोर गाउँपालिकाले मेला आयोजना गरेको जानकारी दिँदै मेलाले वास्तवमै देश देखि विदेशसम्म रहेको सबैलाई यस क्षेत्रको उत्पादन आकर्षणबारे प्रचार गर्न सहज बनाएको बताए ।


तस्बिरः नेपाल न्यूज बैंक

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit