Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

केपी ओलीजीले लगाएको गुन तिर्न आइराखेको छु : रवि लामिछाने

केपी ओलीजीले लगाएको गुन तिर्न आइराखेको छु : रवि लामिछाने
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफ्नो पहिलो तारेखका लागि काठमाडौं जिल्ला अदालत पुगेका छन् । सो क्रममा लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई व्यंग्य गर्दै उनको गुन तिर्न अदालत धाइरहेको टिप्पणी गरे ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार तारेखका लागि जिल्ला अदालत पुगेका उनले सञ्चारकर्मीहरुसँगको छोटो कुराकानीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएको गुन तिर्न गएको प्रतिक्रिया दिए । यसअघि ओलीले रविलाई आफूले गुन लगाएको बताएका थिए ।

ओलीले एक अन्तर्वार्ताको क्रममा रवि लामिछानेलाई गुन लगाएको तर रविले गुन बिर्सिएको बताएका थिए । ओलीको त्यति भनाइलाई व्यंग्य गर्दै रविले भने, ‘गुन लगाइदिनुभएको छ नि केपी ओलीजीले, उहाँको त्यही गुन तिर्न आइराखेको छु।’

यस्तै उनले आफूले सात दिनभित्र सबै जिल्ला अदालतमा जानुपर्ने उल्लेख गर्दै भने ‘ठाउँठाउँमा वा जिउमा किला ठोकेको जस्तो भएको छ। सात दिन भित्र सबै अदालत हाजिर हुनुपर्नेछ। विष अझै बाँकी छ शरीरमा, त्यसको लागि तयारी गरिरहेको छु ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit