Advertisement
Advertisement
Corporate Samachar
१९ असार २०८३, शुक्रबार
Advertisement

सुन र चाँदी दुवैको मूल्य अहिलेसम्मकै उच्च, कति पुग्यो

सुन र चाँदी दुवैको मूल्य अहिलेसम्मकै उच्च, कति पुग्यो
विज्ञापन
Advertisement

काठमाडाैं। नेपाली बजारमा आज आइतबार सुन र चाँदी दुवैको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। सुन तोलामा १ हजार ३ सय रुपैयाँ बढेको छ। गएको शुक्रबार प्रतितोला २ लाख ६९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको छ। जुन हालसम्मकै उच्च मूल्य हो।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार चाँदी ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। यो अहिलेसम्मकै उच्च मूल्य हो। गएको शुक्रबार चाँदी ४ हजार ५ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

बढ्दै गएको भूराजनीतिक तनाव, अमेरिकी ब्याजदर थप कटौती हुने अपेक्षा र वित्तीय बजारमा छिटोछिटो भइरहेको परिवर्तनका कारण सुनको मूल्य निरन्तर बढिरहेको छ।

पछिल्लो समय संसारका धेरै मुलुककले अमेरिकी डलरप्रतिको विश्वसनीयतामा पनि प्रश्न उठाउन थालेका छन्। डलरप्रतिको अविश्वासले गर्दा धेरै केन्द्रीय बैंकले सुनको खरिद बढाउन थालेका छन्।

नेपालमा अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनको भाउ निर्धारण गरिन्छ। अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिन राति १२ बजे कायम भएको प्रतिऔँस सुनको मूल्य भोलिपल्ट भन्सार दर, बैंकको लागत र नाफा, वैदेशिक विनियम दर र व्यवसायीको नाफा जोडेर मूल्य तय गरिन्छ। अन्तर्राष्ट्रिय बजारमा आज शुक्रबार एक औँस सुन ४ हजार ५ सय ३४ र चाँदी ७९.२५ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit