Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

बैंकिङ प्रणालीमा अधिक तरलताको प्रभाव, एकैदिन२० अर्ब खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा अधिक तरलताको प्रभाव, एकैदिन२० अर्ब खिच्दै राष्ट्र बैंक
विज्ञापन
Advertisement

 काठमाडाैं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता थुप्रिएपछि एकै दिन २० अर्ब रुपैयाँ खिच्ने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ खिच्न लागेको हो । १२ दिने निक्षेप संकलन उपकरणको पुस २५ गते साँवा तथा ब्याज भुक्तानी गर्ने राष्ट्र बैंकले जनाएको छ ।

बोलकबोलको माध्यमबाट ब्याजदर निर्धारण हुनेछ । राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सकिने छ ।

उक्त निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा हुने छ । साथै, बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit