काठमाडौं। हिमालयन एभरेष्ट इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ।
कम्पनीको संचालक समितिको शुक्रबार बसेको बैठकले सेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीक ८ प्रतिशत अर्थात २० करोड १२ हजार रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको छ।
यो रकम कर प्रयोजनसहित हो। कम्पनीको चुक्ता पुँजी हाल २ अर्ब ५० करोड रुपैयाँ छ। नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको ३२औं वार्षिक साधारण सभाबाट पारित भएपश्चात सेयरधनीले लाभांश पाउनेछन् ।

















प्रतिक्रिया दिनुहोस्