images
images
images
images

ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सव पारेर १९ वटा सीएसआरका कार्यक्रम घोषणा

images
images
images

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवलाई विशेष बनाउँदै १९ वटा सीएसआर प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) वार्षिकोत्सवको अवसर पारेर ठूलो स्तरको सामाजिक योगदान दिने कार्यक्रमहरु अगाडि सारेको जनाएको हो ।

जसअन्र्तगत बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा मानविय सहयोग, आयआर्जन अभिवृद्धिलाई प्राथमिकता दिदै दुर्गम क्षेत्र, गरिव, विपन्न तथा न्यून आय भएका समुदायलाई लक्षित गरी यी कार्यक्रमहरु देशव्यापी रुपमा सञ्चालन गर्ने जनाएको छ ।

यी कार्यक्रमहरूमध्ये पनि ग्लोबल आइएमई स्वस्थ नारी पहल एक महत्वपूर्ण कार्यक्रम रहेको बैंकले जनाएको छ । जसअन्तर्गत बैंकले सातवटै प्रदेशमा १४ वटा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्नेछ। शिविरमा स्त्रीरोग विशेषज्ञहरूले स्वास्थ्य जाँच, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स उपचार तथा औषधि वितरण जस्ता सेवाहरू प्रदान गरिने उल्लेख छ । शिविरको क्रममा प्रारम्भिक अवस्थामा पत्ता लागेका तथा गम्भीर बिरामी महिलाहरूको शल्यक्रिया उपचार दोस्रो चरणमा समेत गरिने जनाइएको छ ।

विगत पाँच वर्षदेखि नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सञ्चालित यो कार्यक्रमबाट हालसम्म १० हजारभन्दा बढी महिलाहरू लाभान्वित भइसकेका छन् ।त्यसैगरी, बैंकले सात प्रदेशका सात स्थानमा वृहत् आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर आयोजना गर्ने जनाएको छ । गरिब, विपन्न तथा न्यून आय भएका व्यक्तिहरूलाई लक्षित यो कार्यक्रमले पैसाको अभावमा उपचार नपाएका दुर्गम क्षेत्रका गरिब, विपन्न तथा न्यून आयभएका व्यक्तिहरुको आँखाको समस्याको उपचारमा सहयोग हुने विश्वास बैंकले लिएको छ । साथै, बैंकले सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत १,५०० गरिब, विपन्न तथा न्यून आय भएका विद्यार्थीहरूको आखाँ जाँच गरी आवश्यक चश्मा निःशुल्क रुपमा वितरण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

साथै, जटिल तथा दीर्घ रोगका विरामीहरुको उपाचारको लागि बैंकले आर्थिक सहयोग उपलब्ध गराउने भएको छ। स्थानीय निकाय तथा स्वास्थ्य संस्थाको सिफारिसमा बैंकले जटिल रोगको उपचारमा निश्चित रकम सहयोग प्रदान गर्ने छ । शिक्षा क्षेत्रमा बैंकले गरिब तथा जेहेन्दार छात्राहरूलाई कक्षा ६ देखि १२ सम्म छात्रवृत्ति प्रदान गर्दै आएको छ । विगत पाँच वर्षमा १४० छात्रालाई लाभान्वित गरेको यो कार्यक्रम यस वर्ष थप ७७ जनासहित छात्राहरुमा विस्तार हुनेछ ।

दुर्गम विद्यालयहरूमा पुस्तकालय निर्माण, १,००० जना विद्यार्थीलाई विद्यालय पोसाक तथा शैक्षिक सामग्री वितरण, प्राथमिक उपचारको तालिम तथा सामग्री हस्तान्तरण जस्ता कार्यक्रमहरू पनि समावेश छन् । त्यसैगरी, बैंकले अर्थशास्त्र, व्यवस्थापन तथा कानुन संकायमा उच्च शिक्षा अध्ययनरत गरिब तथा जेहेन्दार विद्याथीलाई एमफिल तथा पीएचडी शोध, अनुसन्धानका लागि वित्तीय सहयोग प्रदान गरिने जनाएको छ । वातावरण संरक्षणतर्फ ग्लोबल ग्रिन स्कूल कार्यक्रमअन्तर्गत प्लास्टिक विस्थापन, वृक्षारोपण, सरसफाई तथा फोहोर संकलन केन्द्र स्थापना गरिनेछ । स्थानीय तहसँग समन्वय गरी फोहोर व्यवस्थापन तालिम सञ्चालन गरिनेछ ।

यस्तै, मुख्य शहरहरूमा रक्तदान कार्यक्रम आयोजना गर्ने, आश्रम, बालगृहका बालबालिकालाई खाद्यान्न तथा अन्य सहयोग गर्ने, बालबालिकाहरुमा देखा परेको अटिजमको बारेमा चेतनामूलक कार्यक्रमहरु सञ्चालन गरी आवश्यक सहयोग प्रदान गर्ने कार्यक्रम रहेको उल्लेख छ । बैंकले आय आर्जन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उद्यमशाला कार्यक्रम सञ्चालन गर्ने, व्यवसायिक तथा सीपमुलक तालिम प्रदान गर्ने समेत उल्लेख गरेको छ ।

बैंकले आफ्ना ३५२ वटै शाखाहरूमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी विद्युतीय ठगी तथा चोरी न्यूनीकरणका लागि सचेतना फैलाउनुका साथै अधिकतम् जनसंख्यालाई बैंकिङ्ग प्रणालीमा समावेश गर्ने कार्यक्रमहरुको आयोजना गर्ने पनि जनाएको छ । जसबाट समाजका कमजोर वर्गलाई प्रत्यक्ष लाभ पु¥याउने र दीर्घकालीन विकासमा योगदान दिने अपेक्षा गरिएको बैंकले जनाएको छ। बैंकका कार्यक्रमहरुमा सातवटै प्रदेशलाई समेट्ने गरी गरिब, विपन्न तथा न्यून आय भएका समुदायलाई समावेश गरिने हुनाले स्वास्थ्य, शिक्षा तथा वातावरणीय जागरणमा ठूलो प्रभाव पार्ने विश्वास बैंकको छ ।

गत वर्ष १८औँ वार्षिकोत्सवका अवसरमा पनि कले मानविय सहयोग, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता लगायतका विभिन्न कार्यक्रम आयोजना गरेको थियो । गत वर्ष बैंकले स्थानीय तह, स्थानीय संघसंस्था तथा सामुदायिक संस्थाहरुको सहकार्यमा वातावरण संरक्षण, जिबिकोपार्जन तथा आयआर्जनमा उपयोगी करिब २१ हजार विरुवा रोपण गरेको थियो।

images
images

प्रतिक्रिया दिनुहोस्