Advertisement
Advertisement
Corporate Samachar
७ असार २०८३, आईतवार
Advertisement

एशियाली शेयर बजारको स्थिति सुदृढ, नयाँ वर्षको सुरुवात सकारात्मक

एशियाली शेयर बजारको स्थिति सुदृढ, नयाँ वर्षको सुरुवात सकारात्मक
Stock brokers monitor share prices on their computers during a trading session at the Pakistan Stock Exchange (PSX) as index plummeted amid a global market crash, in Karachi on April 7, 2025. (Photo by Asif HASSAN / AFP)
विज्ञापन
Advertisement

काठमाडौं । एशियाली शेयर बजारहरूले सन् २०२६ को सुरुआत सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात्रा भने कम देखिएको छ । लगानीकर्ता अहिले अमेरिकाको वाल स्ट्रिटबाट नयाँ सङ्केतको प्रतीक्षामा छन् ।

विज्ञापन
Advertisement
Advertisement

सन् २०२५ मा विश्व शेयर बजारले उल्लेखनीय वृद्धि देखाएको थियो । अमेरिकाको एस एन्ड पी ५०० सूचकाङ्क १६.४ प्रतिशतले बढ्यो भने प्रविधि केन्द्रित नास्ड्याक २०.४ प्रतिशतले उकालो लागेको थियो । बेलायतको एफटीएसई सूचकाङ्कले पनि १६ वर्षयताकै उत्कृष्ट क्रिसमस प्रदर्शन गरेको थियो । एशियामा दक्षिण कोरियाको शेयर बजार सन् २०२५ मा करिब ७५ प्रतिशतले उकालो लागेको थियो । हङकङको हाङ सेङ सूचकाङ्क २८ प्रतिशतले बढ्यो भने जापानको निक्केई २२५ सूचकाङ्क २६ प्रतिशतभन्दा बढीले उक्लिएको थियो ।

विश्लेषक काइल रोड्डाका अनुसार नयाँ वर्षको सुरुआतसँगै सबैको प्रश्न एउटै हुन्छ-के यो वृद्धि निरन्तर रहला? बजारको साझा धारणा अनुसार यो सकारात्मक प्रवृत्ति जारी रहने अपेक्षा गरिएको छ। उनका अनुसार अमेरिकी अर्थतन्त्रमा वृद्धिदर बढ्ने, मुद्रास्फीति नियन्त्रणमा रहने र ब्याजदर घट्ने अनुमान गरिएको छ, जसले सेयर बजारलाई थप बल पु¥याउनेछ ।

शुक्रबार हङकङको शेयर बजार २.२ प्रतिशतले बढ्यो। चिप डिजाइन कम्पनी बिरेन टेक्नोलोजिज आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) पछि ८० प्रतिशतले उकालो लाग्यो। उक्त कम्पनीले ७० करोड अमेरिकी डलरभन्दा बढी रकम संकलन गरेको छ, जसले कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी लगानीप्रति लगानीकर्ताको चासो अझै बलियो रहेको देखाएको छ। यसैबीच, चिनियाँ खोज इन्जिन कम्पनी बाइडुले आफ्नो एआई चिप इकाइ ‘कुनलुनसिन’ हङकङमा सूचीकृत हुने प्रक्रिया अघि बढाएको घोषणा गरेपछि बाइडुको शेयर करिब ७ प्रतिशतले बढेको छ ।

ताइपेई, सिड्नी, जकार्ता, मनिला र सिङ्गापुरका शेयर बजारहरू पनि उकालो लागेका छन्। दक्षिण कोरियाको कोस्पी सूचकाङ्क १.७ प्रतिशतले बढ्यो। सामसुङ इलेक्ट्रोनिक्सको सेयर ३ प्रतिशतले बढेको छ, जहाँ कम्पनीका उच्च ब्यान्डविथ मेमोरी चिपप्रति ग्राहकको सकारात्मक प्रतिक्रिया आएको बताइएको छ। यसैबीच, नयाँ वर्षको सुरुआतसँगै सुन र चाँदीजस्ता बहुमूल्य धातुको मूल्य पनि बढेको छ। सुनको मूल्य ०.६४ प्रतिशत र चाँदीको मूल्य १.५ प्रतिशतले वृद्धि भएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit