Advertisement
Advertisement
Corporate Samachar
२९ असार २०८३, सोमबार
Advertisement

माथिल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटक संख्या पाँच प्रतिशतले घटे

माथिल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटक संख्या पाँच प्रतिशतले घटे
मुस्ताङको घरपझोङ-४ जोमसोमबाट आईतबार घोडा चढेर मुक्तिनाथतर्फ जाँदै गरेका पर्यटकहरु । तस्बिर ः सुन्दरकुमार थकाली÷रासस
विज्ञापन
Advertisement

मुस्ताङ । सन् २०२५ मा माथिल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या घटेको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङका अनुसार सन् २०२४ को तुलनामा सन् २०२५ मा माथिल्लो मुस्ताङमा पाँच दशमलव ३९ प्रतिशतले विदेशी पर्यटकको सङ्ख्या घटेको हो।

विज्ञापन
Advertisement
Advertisement

सन् २०२५ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्ममा माथिल्लो मुस्ताङमा ६५ राष्ट्रका तीन हजार ८७२ विदेशी नागरिकले भ्रमण गरेका थिए। यसअघि सन् २०२४ मा चार हजार ९३ यहाँ आएका एक्यापको तथ्याङ्क छ । कार्यालय प्रमुख पौडेलका अनुसार सन् २०२५ मा मुस्ताङ जिल्लामा भित्रिएका कुल विदेशी पर्यटक सङ्ख्याको अनुपातमा दुई दशमलव २४ प्रतिशतले मात्रै माथिल्लो मुस्ताङ भ्रमण गरेका छन् । जिल्लामा अघिल्लो वर्षको तुलनामा सन् २०२५ मा २५ हजार ४०३ जना अर्थात् १८ दशमलव ७१ प्रतिशतले पर्यटक सङ्ख्या वृद्धि हुँदै गर्दा सन् २०२५ मा माथिल्लो मुस्ताङमा पाँच दशमलव ३९ प्रतिशतले पर्यटक सङ्ख्या घट्न पुगेको उनले बताए ।

जिल्लामा सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्ममा एक लाख ६१ हजार १२२ जना विदेशी पर्यटक भित्रिएका थिए । गत भदौ २३ र २४ जेनजी आन्दोलनको प्रभाव र मौसम प्रतिकूलताका कारण पर्यटकको सङ्ख्या घटेको अनुमान रहेको एक्याप लोमान्थाङ प्रमुख पौडेलको भनाइ छ। यस वर्षको पर्यटकीय याममा बेमौसमी वर्षाका कारण जोमसोम–कोरला राष्ट्रिय राजमार्ग सडक बाढी÷पहिरोका कारण दर्जनौँ स्थानमा सडक अवरुद्ध भएको थियो । यसैगरी, गत कात्तिक १० गतेको बेमौसमी हिमपातपछि स्थानीय प्रशासनले उच्चस्थानका क्षेत्रमा पदयात्रा नगर्न अनुरोध गरेको थियो । यसले गर्दा पनि सन् २०२५ को पछिल्लो चार महिना पर्यटकको उपस्थित निकै कम भएको पौडेलले बताए ।

यहाँ सन् २०२० मा ६२ जना, सन् २०२१ मा ३३७ जना, सन् २०२२ मा तीन हजार ११२ जना र सन् २०२३ मा तीन हजार ४८४ ले यहाँ भ्रमण गरेका थिए । उत्तरी कोरला नाकासँग जोडिएको माथिल्लो मुस्ताङका दुई पालिका र बारागुङ मुक्तिक्षेत्रको कागबेनीदेखि माथिल्लो क्षेत्र निषेधित तथा नियन्त्रित क्षेत्र हो । यहाँ जिल्लामा भित्रिएका विदेशी पर्यटकमध्ये ९७ प्रतिशत पर्यटक कागबेनी र मुक्तिनाथबाट फर्किने गरेका छन् ।

यहाँका पर्यटन व्यवसायीले नेपाल सरकार अध्यागमन विभागले विदेशी पर्यटकलाई १० दिनका लागि प्रतिव्यक्ति ५०० अमेरिकी डलर प्रवेशाज्ञा शुल्क लिने गरेको छ । यो शुल्क महँगो भएकाले पनि पर्यटकले माथिल्लो मुस्ताङ भ्रमण गर्न समस्या मान्ने गरेको व्यवसायीले गुनासो गर्छन् । विगतदेखि नै यहाँका पर्यटन व्यवसायी र जनप्रतिनिधिले शुल्कलगायत व्यवस्थापकीय पक्षमा सरकारको ध्यानआकर्षण गराउँदै आएका लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिए ।

जेनजी आन्दोलनपछि भने सरकारले यहाँ आउने विदेशी पर्यटकलाई प्रवेशाज्ञा शुल्क ५०० डलरलाई समायोजन गरी प्रतिव्यक्ति प्रतिदिन ५० डलर उठाउने निर्णय गरेको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit