काठमाडौं। नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। आज सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलाको २ लाख ६५ हजार ७०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला २ लाख ६७ हजार ७०० रुपैयाँ र मंगलबार २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि पुस १३ गते सुनको भाउ हालसम्मकै उच्च मूल्य २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेर कीर्तिमान कायम भएको थियो ।त्यसयता सुनको मूल्यमा थपघट भैरहेको छ।
यसैगरी, चाँदीको मूल्य पनि आज ओरालो लागेको छ । अघिल्लो कारोबार दिन प्रतितोला ४ हजार ९३५ रुपैयाँ कायम भएको चाँदीको मोल आज ४ हजार ८३५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ। अघिल्लो कारोबार दिनको तुलनामा आज चाँदी को भाउ प्रतितोला एक सय रुपैयाँले घटेको हो ।




कर्पोरेट समाचार 






















प्रतिक्रिया दिनुहोस्