images images images
images images images
images
images
images

‘निर्यात सम्बन्धी ठोस कार्ययोजना आवश्यक छ’

images

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले निर्यात विविधीकरण र प्रतिस्पर्धात्मकता अभिवृद्धिमा नेपालले निकै ढिलाइ गरिसकेको भन्दै अब युद्ध मोर्चाजस्तै ठोस कार्ययोजना बनाएर काम गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

बिहीबार आयोजित इयु–नेपाल व्यापार तथा लगानी संवाद कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले देशको निर्यात विविधीकरण सँगै प्रतिस्पर्धात्मकता महत्त्वपूर्ण रहेको र यसको तयारीमा पहिले नै धेरै ढिलाइ भैसकेको स्वीकार गरे ।

images
images

उनले प्रस्तुतीकरणमा उठाइएका पाँच मुख्य बुँदामध्ये निर्यात विविधीकरण र प्रतिस्पर्धात्मकता नै देशका लागि आज सबैभन्दा महत्वपूर्ण भएको बताए । अब निर्यात विविधिकरण गर्न तत्काल ठोस योजना बनाएर काम गर्नुपर्ने उनको ठम्याइ छ । ‘मेरो आफ्नै विचारमा, हामीले यस विषयमा तयारी गर्न निकै ढिलाइ गरिसकेका छौं,’ मन्त्री सिन्हाले भने, ‘व्यापार लागत, रसद, नियामक अवरोधका विषयमा धेरै कुरा ग¥यौं तर कार्यान्वयनमा सधैं पछाडि रह्यौं । अब युद्ध मोर्चाजस्तै ठोस कार्ययोजना आवश्यक छ ।’

मन्त्री सिन्हाले अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नती भएपछि प्राथमिकता क्षयको विषयमा पनि नेपालले गम्भीर तयारी गर्नुपर्नेमा जोड दिए । अब नेपालले विश्व बजारमा प्रतिस्पर्धी बन्न उत्पादनमा लागत घटाएर गुणस्तरीय उत्पादन वृद्धि गर्नुको विकल्प नभएको धारणा राखे । ‘हामी सधैं प्राथमिकता उपचार र राज्यको सहयोगमा निर्भर रहन सक्दैनौं । प्रतिस्पर्धी हुन उत्पादनशीलता बढाउन, लागत घटाउन र गुणस्तरीय उत्पादनमा केन्द्रित हुनुपर्छ,’ उनले बताए ।

उनले देशमा लगानी गर्ने वातावरण र निर्यात–केन्द्रित रणनीतिको सन्दर्भमा नीति र प्रक्रियागत स्पष्टताको अभाव रहेको स्वीकार गरे। उनका अनुसार प्रक्रियाहरू सरल बनाउने, अनावश्यक जटिलता हटाउने र स्पष्टता दिने प्रयासहरू अगाडि बढाइँदै छन् । ‘छलफल र विज्ञहरूको अनुभव आगामी दिनमा नेपाल सरकारका लागि मार्गदर्शक रणनीति बन्न सक्छ,’ उनले भने ।

मन्त्री सिन्हाले छलफलबाट प्राप्त सिफारिसहरूलाई सरकारका कार्ययोजनामा समेट्ने प्रतिबद्धता व्यक्त गरे । ‘समृद्धि फाउन्डेसनबाट प्राप्त सिफारिसहरूलाई देशको आर्थिक लाभ र उज्ज्वल भविष्यका लागि सम्बोधन गर्ने प्रयास हुनेछ,’ उनले भने ।

images
images

प्रतिक्रिया दिनुहोस्