काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो इटहरी शाखामा गलत मनसायबाट भएको अराजक गतिविधिप्रति ध्यानाकर्षण जनाउँदै त्यसले बैंकिङ्ग क्षेत्रमै असुरक्षित वातावरण सृजना भएको जनाएको छ।
गलत मनसायका साथ प्रवेश गरी बैंकमा कार्यरत कर्मचारीमाथि गालीगलौज गर्दै अभद्र व्यवहार गरेको घटना प्रति बैंकले बैंकिङ्ग क्षेत्रमै असुरक्षित वातावरण सृजना भएको जनाएको हो । बैंक जस्तो संवेदनशील र अत्यावश्यक सेवा प्रवाह गर्ने संस्थामा हुने यस्ता कुनै पनि गैरकानूनी तथा उच्छृङ्खल गतिविधि स्वीकार्य नहुने बैंकले सूचनामार्फत उल्लेख गरेको छ ।
बैंकले कार्यालयभित्र हुलहुज्जत तथा होहल्ला गर्ने, आगजनी तथा जिउज्यानमा हानी पु¥याउने उद्देश्यका साथ पेट्रोल जस्तो अति प्रज्वलनशिल पदार्थ छर्कने जस्ता कानूनद्वारा बर्जित गम्भीर कृयाकलापबाट देशको आर्थिक विकासमा ठूलो योगदान पु¥याइरहेको बैंकिङ्ग क्षेत्रलाई नै नकारात्मक असर पार्ने काम गरेको उल्लेख गरेको छ । यस्ता प्रकृतिका घटनाले काम गर्ने वातावरणमा समेत गम्भीर असर पुगेको हुँदा कर्मचारीले असुरक्षा महसुस गरिरहेको बैंकको भनाइ छ।
कर्मचारीमाथि हुने अभद्र व्यवहार कुनै पनि वहानामा नसहने उल्लेख गर्दै बैंकले उक्त घटनामा संलग्न व्यक्तिमाथि आवश्यक अनुसन्धान गरी कारवाही गर्न माग गरेको छ । साथै, बैंक तथा बैंकमा कार्यरत कर्मचारीहरुको शान्ति सुरक्षा कायम गर्न, गराउन समेत सम्बन्धित निकायसँग बैंकले आग्रह गरेको छ।

















प्रतिक्रिया दिनुहोस्