Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

ब्रोकरको नयाँ नेतृत्वलाई चेम्बरको सम्मान, ढकालले भने–संस्थागत सहकार्य गरेर पुँजी बजारमा विदेशी लगानी भित्र्याउनु पर्छ

ब्रोकरको नयाँ नेतृत्वलाई चेम्बरको सम्मान, ढकालले भने–संस्थागत सहकार्य गरेर पुँजी बजारमा विदेशी लगानी भित्र्याउनु पर्छ
विज्ञापन
Advertisement

काठमाडौं । स्टक ब्रोकर एसोसिएसन अफ नेपाल (एसबान) का अध्यक्ष सागर ढकालले निजी क्षेत्रहरुबीच संस्थागत सहकार्य गरेर नेपाली पुँजी बजारमा विदेशी लगानी भित्र्याउनु पर्ने बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

विभिन्न संघसंस्थाहरुबीच फुटेर नभई एक आपसमा मिलेर समग्र पुँजी बजारको विकासमा लाग्नु पर्ने उनले बताए । ‘हामी सबैको उद्देश्य लगानी गरेर नाफा आर्जन गर्ने अनि सोही अनुरुप राज्यलाई कर तिर्दै देशको आर्थिक विकास गर्ने हो,’ नेपाल चेम्बर अफ कमर्सले एसवानका नयाँ कार्यसमितिलाई गरेको स्वागत कार्यक्रममा बोल्दै उनले भने, ‘उद्देश्य एउटै भएपछि  आर्थिक र व्यवसायीका मुद्दामा सबै उद्योगी व्यवसायी र उनीहरुले नेतृत्व गर्ने संघसंगठन एक ठाउँमा उभिनुपर्छ ।’

यस्तै उनले अहिले नेपाली पुँजी बजार फण्डामेन्टल्ली भन्दा पनि हल्लाको भरमा रुमलिएको भन्दै यसलाई सुधार गर्नुपर्ने बताए । ‘अस्थिर नीतिका कारण अहिले सेयर बजारका लगानीकर्ताहरु मारमा परेका छन्,’ उनले भने, ‘लगानीकर्ताले देशको नीति र नेतृत्व हेरेर आफ्नो लगानी गरेका हुन्छन् तसर्थ राज्यले दिर्घकालिन नीति बनाउनु पर्छ, त्यसका लागि चेम्बर जस्ता संस्थाले सरकारसँग दरोसँग लविङ गर्नुपर्छ ।’ अहिले नेपाली पुँजी बजारमा सेयर खरिदबिक्री मात्र भैरहेको भन्दै अब बजारमा नयाँ प्रविधि सहितको बण्ड मार्केट, सर्टसेल, इन्ट्राडे कारोबार, ब्रोकरलाई मार्जिन लेण्डिङ सुविधाजस्ता नयाँ प्रोडक्ट ल्याउनुपर्ने उनको भनाई थियो ।

हाल अर्थतन्त्रमा देखिएको सिथिलताको अन्त्य गर्न टेलिमक, नागरिक लगानी कोष, कर्मचारी संचयकोष, सामाजिक सुरक्षा कोषजस्ता संस्थाहरुलाई बैंक वित्तीय संस्थाको संस्थापक सेयर खरिदमा लगाईएको १५ प्रतिशतको क्याप हटाईनुपर्ने ढकालले बताए । बजारमा संस्थागत लगानीकर्ताको अभाव भैरहेको अहिलेको अवस्थामा बजारलाई थप चलायमान बैंक वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले दोस्रो बजारमा सेयर बिक्रीमा लगाएको क्यापलाई समेत हटाउनुपर्ने ढकालको माग थियो ।

 

ब्रोकर एसोसिएसन र चेम्बरको सहकार्यले पुँजीबजारलाई चलायमान बनाएर समग्र लगानीकर्ताको हितमा काम गर्न सकिने नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बताए । ‘सेयर बजार भनेको कुनैपनि देशको अर्थतन्त्रको ऐना हो, ‘उनले थपे, ‘कुनै पनि विदेशी लगानीकर्ताले सम्बन्धित देशको ब्लूचीप कम्पनीको अध्ययन गरेर देशको अर्थतन्त्रको बारेमा बुझ्छन् । साथै अहिले केही कम्पनीहरु सेयर जारी गरेर सर्वसाधारण लगानीकर्ताको पैसा आफुतिर खिच्ने उद्देश्यले अघि बढेको भन्दै त्यसलाई सरकारले सुक्ष्म तरिकारले नियमन गर्नुपर्ने बताए । अहिले सेमर बजारमा म्यानुपुलेशन भेरहेको भन्दै त्यसमा समेत सजक हुनुपर्ने उनकाे जाेड छ ।

यसैगरी चेम्बर बरिष्ठ उपाध्यक्ष दिपक मलहोत्राले अहिले नेपालको पुँजीबजार नेपाली जनतामाझ लोकप्रिय भएको भन्दै अवका दिनमा हरेक बर्ष लाभांस दिने कम्पनीको मात्र आइपीओ जारी गर्नुपर्ने बताए । अहिले कतिपय कम्पनीहरुले व्यालेन्ससीटलाई म्यानुपुलेशन गरे घाटामा रहेका कम्पनीको पनि आइपीओ जारी गर्ने क्रम बढेकाले त्यसलाई रोक्नुपर्ने भनाइ उनकाे थियो  । ‘पुँजी बजारमा लगानी गरेपछि कुनैपनि लगानीकर्ताले बार्षिक १० प्रतिशत प्रतिफल पाउने ग्यारेटी हुनुपर्छ र त्यस्ता कम्पनीलाई मात्र आइपीओ ल्याउन स्वीकृति दिनुपर्छ’, उनले भने, ‘अहिले जस्ता पनि कम्पनीको आइपीओ जारी गरेर बजारबाट पैसा उठाउने काम भएको छ त्यसालाई रोक्नुपर्छ । साथै अहिले सरकारी नीतिका कारण पुँजीबजार दबाबमा परेकाे छ सरकारको ध्यानाकर्षण यसतर्फ हुनुपर्छ ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit