काठमाडौं। एनएमबि बैंक लिमिटेडको ३०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीबार त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेलमा सम्पन्न सभाले शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ ।
यसअघि बैंक सञ्चालक समितिले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने निर्णय गरेको थियो।
सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा सम्पन्न सभामा शेयरधनीहरूले बैंकको समग्र गतिविधि, वित्तीय अवस्था र भावी रणनीतिबारे छलफल गरेका थिए। बैंकले २०८२ आषाढ मसान्तसम्म २ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको जनाइएको छ। साथै, बैंकले २८३ अर्ब ६५ करोड रुपैयाँ निक्षेप संकलन गरी २४३ अर्ब ३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

















प्रतिक्रिया दिनुहोस्