Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

रास्वपा स्टिकर टाँसिएको कारले ठक्कर दिँदा ४ वर्षीया बालिका खातुनको मृत्यु

रास्वपा स्टिकर टाँसिएको कारले ठक्कर दिँदा ४ वर्षीया बालिका खातुनको मृत्यु
विज्ञापन
Advertisement

रौतहट । रौतहटमा गाडीको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ। रौतहटको इशनाथ नगरपालिकामा कारको ठक्करबाट अल्फा खातुन नाम गरेकी बालिकाको मृत्यु भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार दिउँसो भएको उक्त दुर्घटनापछि ठक्कर दिने कारका चालक फरार भएका छन्। प्रहरीका अनुसार ईशनाथ नगरपालिका वडा नम्बर चार मठिया टोलस्थित मस्जिद नजिकै बाटोमा खेलिरहेकी ४ वर्षीया बालिका खातुनलाई बा १५ च ४२४४ नम्बरको कारले ठक्कर दिएको थियो। स्थानीय मोहम्मद सगिरकी छोरी अल्फालाई ठक्कर दिएलगत्तै कार चालकले नै उपचारका लागि गौरस्थित सिटी अस्पताल पु¥याएका थिए ।

तर, घाइते बालिकालाई अस्पतालमा छाडेर चालक फरार भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। सिटी अस्पतालमा उपचार सम्भव नभएपछि प्रहरी टोलीले बालिकालाई थप उपचारका लागि प्रादेशिक अस्पताल गौर पठाएको थियो। प्रादेशिक अस्पतालमा उपचारकै क्रममा दिउँसो २ः४५ बजेतिर बालिकाको मृत्यु भएको हो।

ठक्कर दिने कारमा रास्वपाको स्टिकर टाँसिएको छ । उक्त कार रौतहट–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सगिर आलमको चुनावी प्रचारमा प्रयोग गरिएको बुझिएको छ। प्रहरीका अनुसार फरार रहेका चालकको खोजी भैरहेको छ । मृतक बालिकाको शव अहिले प्रादेशिक अस्पताल गौरमा राखिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit