Advertisement
Advertisement
Corporate Samachar
२६ असार २०८३, शुक्रबार
Advertisement

नेपाल ईन्स्योरेन्स कम्पनीको ७७ औं वार्षिक साधारण सभाबाट लाभांश प्रस्ताव पारित 

नेपाल ईन्स्योरेन्स कम्पनीको ७७ औं वार्षिक साधारण सभाबाट लाभांश प्रस्ताव पारित 
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडको ७७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनी सञ्चालक समितिका अध्यक्ष चन्द्रसिंह साउदको अध्यक्षतामा मंगलबार काठमाडौंको त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न सभाले आ.व. २०८१/८२ को लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणसहित सम्बन्धित अनुसूचीहरू पारित गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

यसैगरी, सभाले आ.व.२०८१/८२ को नाफाबाट २ अर्ब ५४ करोड रुपैयाँ चुक्ता पूँजीको ६.३१५८ प्रतिशत दरले १६ करोड रुपैयाँ बराबरको नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पनि सर्वसम्मतिबाट पारित गरेको छ। यस्तै, चालु आवका लागि लेखापरीक्षकको पुनर्नियुक्ति समेत गरेको कम्पनीले जनाएको छ।

नेपाल सरकारको स्वामित्वमा स्थापित यस कम्पनीले विगत सात दशक बढी समयदेखि नेपाली बीमा बजारमा आफ्नो विश्वासिलो पहिचान कायम राख्दै आएको जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit