Advertisement
Advertisement
Corporate Samachar
२५ असार २०८३, बिहीबार
Advertisement

इटहरीमा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन, कोशी प्रदेशमा बजार विस्तार

इटहरीमा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन, कोशी प्रदेशमा बजार विस्तार
विज्ञापन
Advertisement

इटहरी। कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो रिटेल सञ्जाल विस्तार गर्दै इटहरीको हलगडामा नयाँ विशेष शोरूम सञ्चालनमा ल्याएको छ ।

विज्ञापन
Advertisement
Advertisement

ए–क्लास मार्बल्स एण्ड टायल्ससँगको सहकार्यमा स्थापना गरिएको उक्त शोरूमले स्थानीय घरधनी, निर्माण व्यवसायी, आर्किटेक्ट तथा इन्टेरियर डिजाइनरलाई विश्वस्तरीय फ्लोर र वाल टायलका विविध विकल्प उपलब्ध गराउने लक्ष्य राखेको छ ।

नयाँ शोरूमको औपचारिक उद्घाटन असार २४ गते बुधबार एक समारोहबीच सम्पन्न भएको हो। उद्घाटन कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल र मिस नेपाल कस्मो २०२५ दीपशिखा नेपालले संयुक्त रूपमा गरेका थिए। कार्यक्रममा ए–क्लास मार्बल्स एण्ड टायल्सको व्यवस्थापन टोलीसहित स्थानीय व्यवसायी तथा ग्राहकहरूको उपस्थिति रहेको थियो ।

आधुनिक र ग्राहकमैत्री अवधारणामा निर्माण गरिएको शोरूममा ग्राहकहरूले विभिन्न डिजाइन, प्याटर्न र फिनिसिङका टायलहरू प्रत्यक्ष अवलोकन तथा छनोट गर्न सक्नेछन् । व्यक्तिगत आवासदेखि व्यावसायिक परियोजनासम्मका लागि आवश्यक टायल समाधान एकै स्थानबाट उपलब्ध गराउने कम्पनीले जनाएको छ । उद्घाटन अवसरमा कजारिया रमेश टायल्सका प्रतिनिधिले ए–क्लास मार्बल्स एण्ड टायल्ससँगको सहकार्यले इटहरी र आसपासका तीव्र विकास भइरहेका क्षेत्रमा उच्च गुणस्तरीय टायलिङ समाधान पुर्‍याउन सहयोग गर्ने बताए ।

कम्पनीका अनुसार नयाँ शोरूम सर्वसाधारणका लागि खुला भइसकेको छ।

कजारिया रमेश टायल्स लिमिटेडले आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय मापदण्डअनुसार नेपालमा टायल उत्पादन गर्दै आएको छ। कम्पनीले सुपरब्राण्ड २०२५, ‘एशियाज मोस्ट प्रमिसिङ ब्रान्ड’ लगायतका अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्दै विश्वका शीर्ष टायल उत्पादकहरूमध्ये एकको रूपमा आफ्नो पहिचान बनाएको दाबी गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit