Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

पिसाब चुहिने समस्याको उपचार गर्न लाज मान्नु हुँदैन : डा. मिश्रा

पिसाब चुहिने समस्याको उपचार गर्न लाज मान्नु हुँदैन : डा. मिश्रा
विज्ञापन
Advertisement

काठमाडौं । कहिलेकाहीँ पिसाब नच्यापे पनि अनियन्त्रित हुने समस्या हुन्छ, जसलाई मेडिकल भाषामा ‘स्ट्रेस युरिनरी इनकन्टिनेन्स’ भनिन्छ ।

विज्ञापन
Advertisement
Advertisement

यो समस्या महिलामा बढी हुने गरेको पाइन्छ। पिसाब नच्यापे पनि खोक्दा, हाच्छयुँ गर्दा, दौडँदा, टुक्रुक्क बस्दा, दिसा गर्न कन्दा वा यौन सम्पर्कको समयमा पिसाब चुहिने समस्या हुनु यसको लक्षण हो । पेल्भिक फ्लोर मांसपेशी कमजोर हुँदा पिसाब चुहिने समस्या हुन्छ ।

महिलाले बच्चा जन्माउने प्रक्रिया, उमेर बढ्दै जाँदा मोटोपनको समस्या आउनु, पेल्भिक फ्लोरसम्बन्धी शल्यक्रिया, दीर्घकालीन खोकी तथा कब्जियतको समस्या, धूमपान गर्ने, मेनोपज भएका तथा कनेक्टिभ टिस्युसम्बन्धी विकार भएका महिलामा पिसाब चुहिने समस्या हुन सक्छ । पिसाब चुहिने समस्यालाई ‘सोसल स्टिग्मा’ अर्थात् सामाजिक समस्याको रुपमा लिइन्छ। यो सामान्य रोग हो, समयमै उपचार गर्नुपर्छ । तर, लक्षण देखिएको अवस्थामा पनि सुरुमा बिरामीले अस्पताल जाने वा चिकित्सकलाई समस्या भन्ने गर्दैनन् । जब समस्या बढ्दै जान्छ, पिसाब धेरै पटक चुहिएर लगाएको कपडासमेत गन्हाउन थालेपछि मात्र उपचार खोजिन्छ ।

पिसाब चुहिने समस्याको समयमै उपचार नगर्दा पिसाबको संक्रमण पनि हुनसक्छ। पिसाब चुहिने समस्या उपचार हुने रोग हो । त्यसैले उपचार गराउन अप्ठेरो मान्नु हुँदैन । गर्भावस्थामा हुने पिसाब चुहिने समस्यामा भने किगल एक्सरसाइज गर्न मिल्छ । यस्तै कब्जियतको समस्या कम गर्दा पनि यो समस्या कम हुन्छ । गर्भावस्थामा हुने समस्या मात्रै पछि आफैँ ठीक हुन सक्छ ।

समस्या यदि माइल्ड छ अर्थात् खोक्दा अलिकति मात्रै पिसाब चुहिने समस्या छ भने व्यायाम, जीवनशैलीमा परिवर्तन र औषधिले पनि ठिक हुनसक्छ । तर, माइल्डदेखि सिभियर अवस्थामा जतिबेला पनि खोक्दा, हाच्छ्युँ गर्दा ठूलो चम्चा जति पिसाब गइरहेको छ र पिसाब च्यापेको अवस्थामा पुरै पिसाब चुहिएको छ भने यस्तो समस्यामा शल्यक्रिया आवश्यक पर्छ ।

यो समस्याको शल्यक्रिया गर्ने विभिन्न प्रक्रिया छन्, जसमा ट्रान्सओब्टुरेटर टेपिङ र ट्रान्स भजाइनल टेपिङ लोकप्रिय छन् । यी दुवै प्रक्रिया माइनर सर्जरी हुन् । यो मुत्रद्वारको वरिपरिबाट शल्यक्रिया गरिने भएकाले बाहिर देखिने दाग बस्दैन । यो शल्यक्रियापछि बिरामी एकदिनमै सामान्य जीवनमा फर्कन सक्छन् । शल्यक्रियापछि पिसाब चुहिने समस्या पनि समाधान हुन्छ ।

यो समस्याको ल्याप्रोस्कोपिक विधिबाट पनि उपचार गरिन्छ । यो उपचारपछि सामान्य अवस्थामा समस्या दोहोरिँदैन । महिलाहरुमा पोष्ट मेनोपजको कारण मांसपेशी कमजोर भएको अवस्थामा भने कहिलेकाही समस्या दोहोरिन सक्छ । (लेखक डा. उदिता मिश्रा नभिर्क अस्पतालमा कन्सल्टेन्ट युरोलोजिष्टको रुपमा कार्यरत छिन्।)

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit