Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

महेन्द्र शक्ति माविको ६५ औँ वार्षिकोत्सव पारेर न्यानो कपडा प्रदान

महेन्द्र शक्ति माविको ६५ औँ वार्षिकोत्सव पारेर न्यानो कपडा प्रदान
विज्ञापन
Advertisement

गोर्खा । गोरखा सहिद लखन गाउँपालिका–१, बक्राङ, गोरखा स्थित श्री महेन्द्र शक्ति माध्यमिक विद्यालयको ६५ औँ वार्षिकोत्सव सम्पन्न भएको छ।

विज्ञापन
Advertisement
Advertisement

एक विशेष समारोहकाबीच हालै  सम्पन्न विद्यालयको ६५ औँ वार्षिकोत्सवको अवसरमा विद्यालयका पूर्व विद्यार्थीहरूको सक्रियतामा विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको विद्यालयले जनाएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रत्न बहादुर आलेको अध्यक्षतामा भएको वार्षिकोत्सव समारोह कार्यक्रममा शिक्षा अधिकृत राजेन्द्र खनाल प्रमुख अतिथी रहेका थिए।

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं शिक्षा अधिकृत राजेन्द्र खनालले विद्यालयको शैक्षिक सुधारमा पूर्व विद्यार्थीहरूको योगदानको उच्च प्रशंसा गरे। आफूलाई सबल बनाउने र जीवनको जग निर्माण गर्ने विद्यालयलाई सम्झेर पूर्व विद्यार्थीहरूले गरेको न्यानो कपडा वितरण कार्य अत्यन्तै पवित्र र अनुकरणीय रहेको उनले बताए।आगामी दिनमा पनि विद्यालयको शैक्षिक र भौतिक विकासका लागि यस्तै सहकार्य जारी रहने विश्वास व्यक्त गर्दै उनले पुरस्कार विजेता विद्यार्थीहरूलाई बधाई तथा विद्यालयको निरन्तर प्रगतिको कामना गरे।

कार्यक्रममा पूर्व विद्यार्थीहरूको तर्फबाट पुनर्मिलन कार्यक्रमका पहलकर्ता मीना अर्यालले दुई दशकपछि विद्यालयको कार्यक्रममा उपस्थित हुन पाउँदा खुशी लागेको बताइन् । अर्यालले भनिन्, ‘२० वर्षअघि यही गेटबाट सपना बोकेर निस्किएका हामी आज आफ्नै बाल्यकालका दौँतरीहरूसँग विद्यालयको माटोमा फर्किन पाउँदा शब्दमा वर्णन गर्न नसकिने खुशी लागेको छ।’

सो अवसरमा आफ्नो शैक्षिक जग निर्माण गरिदिएको विद्यालयप्रति कृतज्ञता प्रकट गर्दै २१ जना पूर्व विद्यार्थीहरूको विशेष सक्रियतामा विद्यालयका ५० जना विद्यार्थीलाई न्यानो कपडा (स्वीटर) उपहार प्रदान गरिएको छ। जसका लागि ऋषि अर्याल, ज्ञान हरि अर्याल, मिना आर्यल, सुनिल न्यौपाने, रवि अर्याल, दिनेश बानिया, सानु माया थापा, केशव थापा, हरिराम श्रेष्ठ, इश्वरी अर्याल, शान्ता पाण्डे, सुनिता अर्याल, सुमित्रा अर्याल, सुमित्रा अर्याल (अधिकारी) सपना संग्रौला, विनिता कोइराला, निर्मला पन्त, सरिता अर्याल, दिव्य अर्याल, सन्सरा थापा, र सुनिता न्यौपाने लगायतका साथीहरूले सामूहिक रुपमा सहयोग पुर्‍याएको विद्यालयले जनाएको छ । मन्तव्यमा पूर्व विद्यार्थी अर्यालले विद्यालयका भाइबहिनीहरुलाई मिहिनेतका साथ अध्ययन गरी विद्यालयको नाम चम्काउन आग्रह गरिन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक तथा अभिभावकहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा पूर्व विद्यार्थीहरूको यो निस्वार्थ सहयोग र विद्यालयप्रतिको सद्भावको उच्च प्रशंसा गरिएको थियो। पूर्व विद्यार्थीहरूको तर्फबाट भएको यो सहयोगले विद्यालय र पुराना विद्यार्थीहरूबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको विद्यालय प्रशासनले जनाएको छ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रकाश अर्यालले वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए। उनले भने, ‘महेन्द्र शक्ति माविका पूर्व विद्यार्थीहरूले स्वस्फूर्त रूपमा गर्नुभएको यो कार्य र आफ्नो विद्यालयप्रति देखाउनुभएको यो माया, सद्भाव एवं अगाध स्नेहको मूल्याङ्कन गर्ने कुनै तराजु हामीसँग छैन। हामी केवल आभार प्रकट गर्न सक्छौँ र धन्यवाद मात्र भन्न सक्छौँ। मन भए जुनसुकै उपाय सम्भव हुन्छ भन्ने कुरालाई यस कार्यले एक उदाहरणीय नमुनाका रूपमा प्रस्तुत गरेको छ।’

महेन्द्र शक्ति माध्यमिक विद्यालयको वार्षिकोत्सवमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रत्न बहादुर आलेले विद्यालयको शैक्षिक विकासमा शिक्षक तथा शिक्षिकाहरूले पुर्‍याउनुभएको योगदानको उच्च प्रशंसा गरे। सोही कार्यक्रममा पूर्व विद्यार्थी शान्ता पाण्डेले विद्यालयलाई तातो र चिसो पानी आउने ‘डिस्पेन्सर’ र परत बहादुर थापाले स्टेशनरी सामान वितरण गरे । यस्तै, पुर्व शिक्षक विरवल सिर्मल, जित बहादुर थापाको विदाइ गरएको विद्यालय प्रशासनले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit