Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सञ्जय अग्रवालको नेतृत्वमा यस्तो बन्यो नेपाल–इटाली चेम्बर अफ कमर्सको नयाँ कार्यसमिति

सञ्जय अग्रवालको नेतृत्वमा यस्तो बन्यो नेपाल–इटाली चेम्बर अफ कमर्सको नयाँ कार्यसमिति
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल–इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रि (एनआईसिसीआइ) को १२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार काठमाडौंमा सम्पन्न वार्षिक साधारण सभाले सञ्जय अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

नयाँ कार्यसमितिमा अध्यक्ष अग्रवालसँगै वरिष्ठ उपाध्यक्ष रूपक राजवंशी, उपाध्यक्षद्वय मनोज कुमार ज्ञवाली र अरणिको राज भण्डारी, महासचिवमा मनोज श्रेष्ठ भडेल, सचिवद्वय रोम नाथ घिमिरे र विनोद सग्तानी, कोषाध्यक्षमा पवन कुमार अग्रवाल चयन भएका छन् ।

यसैगरी, नयाँ कार्यसमिति सदस्यहरूमा बसुमाया तामाङ, बिनाप्याकुरेल श्रेष्ठ, भुवनेश्वर फैजु, वीरेन्द्र शाही, किशन सुनार, सञ्जय कुमार अग्रवाल, सुमित कुमार बन्सल, सुशील कुमार जैन, युगेश भक्त बडे श्रेष्ठ, सुनिता सिंह, संघर्ष बिष्ट, गम्भीर मान श्रेष्ठ, योगेन्द्र विक्रम थापा, दम्बर पराजुली तथा कल्याण सिलवाल चयन भएका छन् । सदस्यहरूको सक्रिय सहभागिताका साथ सम्पन्न उक्त सभाले नेपाल–इटाली आर्थिक सहकार्य प्रवद्र्धनतर्फ एनआईसिसीआइको निरन्तर प्रयासलाई थप सुदृढ बनाएको बताइएको छ ।

अध्यक्ष अग्रवालले नेतृत्व टोली तथा सदस्यहरूसँगै नेपालको विकास कार्य र सांस्कृतिक सम्पदा संरक्षणमा इटालीले निरन्तर पु¥याउँदै आएको जानकारी दिए । सभामा नेपाल र इटालीबीच व्यापार, लगानी, पर्यटन तथा औद्योगिक सहकार्य विस्तार गर्ने विषयमा छलफल गरिएको थियो। चेम्बरले नेपाल र इटालीबीचको व्यापारिक सम्बन्धलाई थप सुदृढ बनाउने, लगानी प्रवर्द्धन गर्ने तथा निजी क्षेत्रबीच सहकार्य बढाउने अध्यक्ष अग्रवालको भनाइ छ । उनले भने,‘ देशको आर्थिक अवस्था सुधार गर्न र दुई देशको सम्बन्धलाई अझ सुमधुर बनाएर लैजानुपर्छ ।’

सभामा अध्यक्ष अग्रवालले आगामी वर्षहरूका लागि चेम्बरका रणनीतिक प्राथमिकताहरू प्रस्तुत गर्दै नेपाली र इटालियन उद्यमीबीच व्यवसाय–देखि–व्यवसाय सहकार्य गहिरो बनाउने, लगानी तथा नीतिगत संवादलाई सक्रिय रूपमा सहजिकरण गर्ने, पर्यटन र सांस्कृतिक सहकार्य विस्तार गर्ने, सदस्यहरूलाई ठोस मूल्य प्रदान गर्ने विश्वसनीय र कार्यमुखी चेम्बरका रूपमा संस्थाको भुमिकालाई अझ सुदृढ गर्ने जानकारी गराए ।

सभामा संरक्षक समेत रहेका राजेश काजी श्रेष्ठ प्रमुख अतिथि थिए । सो अवसरमा भिनोद सग्तानीलाई चेम्बर वर्ष सदस्य २०२५ र कल्याण सिलवाल एनआईसिसीआई सिएसआर समुदाय सन् २०२५ बाट सम्मानित भएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit