Advertisement
Advertisement
Corporate Samachar
२० जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

होटल तथा रेष्टुरेन्ट एसोसिएसनको अध्यक्षमा व्यवसायी लामिछाने निर्वाचित, यस्तो बन्यो नयाँ कार्यसमिति

होटल तथा रेष्टुरेन्ट एसोसिएसनको अध्यक्षमा व्यवसायी लामिछाने निर्वाचित, यस्तो बन्यो नयाँ कार्यसमिति
विज्ञापन
Advertisement

गण्डकी । होटल तथा रेष्ट्ररेष्ट एसोसिएसन लेखनाथमा सुरेस लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

संस्थाको सोमबार सम्पन्न १८औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनबाट उपाध्यक्षमा विष्णुहरि सुवेदी, महासचिवमा शक्तिश्री कोइराला, कोषाध्यक्षमा मुक्ति सुवेदी र सचिवमा रोजेन्द्र सुवेदी निर्वाचित भए । यस्तै, समिति सदस्यमा प्रकाश सापकोटा, निर्मला थकाली, अमृत लामिछाने, रविभक्त थापा, अनिल ढकाल र ओम श्रीस मगर चयन भएका छन् ।

अधिवेशनका लागि संस्थाका सल्लाहकार एवं पूर्वअध्यक्ष दामोदरभक्त थापाको संयोजकत्वमा पूर्वअध्यक्ष कृष्णप्रसाद तिमिल्सेना र अर्जुन लम्साल रहेको निर्वाचन समिति गठन गरिएको थियो। यसअघि कार्यक्रमको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले पोखरामा आउने पर्यटनको बसाइ लम्ब्याउनका लागि लेखनाथ क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यको विकास गर्नु जरुरी रहेको बताए ।

कार्यक्रममा पोखरा महानगरपालिका–३१ का वडाध्यक्ष ढकनाथ कँडेल, लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष जानुका पराजुली, पोखरा पर्यटन परिषद्का उपाध्यक्ष हरि भुजेल, पोखरा महानगरपालिका व्यावसायिक प्रवर्द्धन केन्द्रका प्रमुख नवराज अधिकारी, पोखरा भ्रमण वर्षका सहसंयोजक दामोदरभक्त थापालगायतले लेखनाथ क्षेत्रका पर्यटकीय गन्तव्यको प्रवर्द्धनसँगै विकास गर्न सकेमा पोखरा आउने पर्यटकको बसाइ लम्बिने धारणा राखे ।

होटल तथा रेष्टुरेष्ट एसोसिएसन लेखनाथका अध्यक्ष वीरभद्र कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष शक्तिश्री कोइरालाले आर्थिक प्रतिवेदन र सुरेश लामिछानेले प्रगति प्रतिवेदन एवं भावी कार्यक्रमबारे जानकारी गराए । सातवटा तालसँगै लेखनाथ क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन निरन्तर क्रियाशील एसोसिएसनमा करिब एक सयभन्दा बढी होटल व्यवसायी सदस्य रहेको जानकारी गराएको हो ।

सात तालको बगैँचा सहरका रूपमा उपमा पाएको लेखनाथ नगरपालिका क्षेत्रभित्र रहेका होटल तथा रेष्टुरेन्ट व्यवसायीको साझा संस्था एसोसिएसनले यस क्षेत्रको पर्यटकीय विकासका लागि नेतृत्वदायी भूमिका निर्वाहसँगै ‘जाउँ है बेगनास’ लगायतका विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ । रासस

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit