Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाली बजारमा सार्पको प्रिमियम फ्रन्ट लोड वासर ‘प्रो–वास’ सिरिज सार्वजनिक

नेपाली बजारमा सार्पको प्रिमियम फ्रन्ट लोड वासर ‘प्रो–वास’ सिरिज सार्वजनिक
विज्ञापन
Advertisement

काठमाडौं । जापानी प्रविधिको पर्याय सार्पले नेपाली बजारमा आफ्नो पहिलो प्रिमियम फ्रन्ट लोड वासर ‘प्रो–वास’ सिरिज सार्वजनिक गरेको छ।  सार्पले जापानी गुणस्तर स्थायित्व, स्वच्छता र कपडाको विशेष हेरचाह सुनिश्चित गर्ने विश्वस्तरीय प्रविधि नेपाली घरधुरीमा पुऱ्याउने आफ्नो प्रतिबद्धता जाहेर गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाली बजारमा पछिल्लो समय स्मार्ट, स्वच्छ र टिकाउ घरायसी उपकरणको माग बढ्‌दै गएको परिप्रेक्ष्यमा सार्पको ‘प्रो–वास’ सिरिज एक उत्कृष्ट समाधानको रूपमा भित्रिएको कम्पनीको भनाइ छ। यसमा अटो टब क्लिन, ब्रसरहित इन्भर्टर डीसी मोटर, १५ मिनेटको क्विक वास र दाग हटाउन तथा कपडाको सुरक्षाका लागि डायमण्ड इनर टब जस्ता अत्याधुनिक विशेषताहरु संयोजन गरिएको छ।

नयाँ उत्पादन सार्वजनिक गर्दै सार्प सि‌ङ्गापुरका प्रबन्ध निर्देशक वु कीट चिउले नेपाली उपभोक्ताका भविष्यमा आउने पुस्ताका प्रत्येक घरपरिवारका कथाहरुलाई सहज बनाउने प्रयास भएको बताए । उनले भने, ‘सार्पमा हामी यस्ता आविष्कारहरु प्रदान गर्दछौं जसले मानिसको दैनिक जीवनसँग पूर्ण तादात्म्य राख्दछ। नेपालका लागि यो केवल प्रविधिको सुरुवात मात्र होइनः यो आज र आउने पुस्ताका प्रत्येक घरपरिवारका कथाहरुलाई सहज बनाउने हाम्रो अटुट प्रतिब‌द्धता पनि हो।’

यस वासरमा रहेको ‘अटो टब क्लिन’ प्रविधिले स्वच्छताको समस्यालाई मेसिनभित्रैबाट स्वतः समाधान गर्नुका साथै कपड़ा धोइसकेपछि अन्तिम स्पिन चक्रको क्रममा उच्च गतिको रोटेशन र पानीको प्रयोग गरी डिटर्जेन्टको अवशेष र टाँसिएका फोहोरहरुलाई प्रभावकारी रूपमा पखाल्ने कम्पनीको भनाइ छ। समयको बचतलाई ध्यानमा राख्दै यसमा ‘१५ मिनेट क्विक वास’ को सुविधा दिइएको छ। व्यस्त जीवनशैली भएका प्रयोगकर्ताका लागि यो अत्यन्तै उपयोगी हुनेछ ।

यस्तै, वासरमा प्रयोग गरिएको BLDC मोटरले कार्यक्षमतामा २०५ वृद्धि प्रदान गर्ने हुँदा मेसिन चल्दा आवाज कम आउने तथा १४०० RPM स्पिन गतिले कपडाहरूलाई निकै छिटो सुकाउन मद्दत गर्ने कम्पनीले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit