Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाल बैंकको ‘लिङ्क, लोड र जित्नुस् – जित्ने रिवार्ड खल्ती’ अभियान सञ्चालनमा

नेपाल बैंकको ‘लिङ्क, लोड र जित्नुस् – जित्ने रिवार्ड खल्ती’ अभियान सञ्चालनमा
विज्ञापन
Advertisement

काठमाडाैं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले डिजिटल बैंकिङ कारोबार प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘लिङ्क, लोड र जित्नुस् – जित्ने रिवार्ड खल्ती’ अभियान सञ्चालनमा ल्याएको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल बैंक लिमिटेड र खल्ती डिजिटल वालेटको सहकार्यमा सञ्चालनमा आएको उक्त अभियान २०८२ साल माघ र फागुन महिनाभर लागू हुने बैंकले जनाएको छ। अभियान बैंकका कर्मचारी तथा नेपाल बैंकमा खाता रहेका ग्राहकलाई लक्षित गरिएको छ।

अभियान अवधिभर नेपाल बैंकको खाता खल्ती वालेटमा लिङ्क गरी कारोबार गर्ने ग्राहक तथा कर्मचारीमध्ये प्रत्येक हप्ता दुई जनालाई मुभी टिकट वा खल्ती प्रो सब्स्क्रिप्सन पुरस्कार प्रदान गरिनेछ। यस्तै, अभियानभरको कुल कारोबारका आधारमा दुई जना भाग्यशाली सहभागीलाई जनही नगद १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ। पुरस्कार विजेताको घोषणा अभियान अवधि समाप्त भएपछि गरिनेछ।

अभियानमा सहभागी हुन खल्ती वालेटमा दर्ता भई केवाईसी अद्यावधिक गरिएको हुनुपर्ने, नेपाल बैंकको खाता खल्ती वालेटमा लिङ्क गरिएको हुनुपर्ने तथा सोही खातामार्फत कारोबार गरिएको हुनुपर्ने शर्त तोकिएको छ।

यस सम्बन्धमा थप जानकारीका लागि नजिकको नेपाल बैंक शाखा वा बैंकको कल सेन्टर नम्बर ०१–५९७१२२२ मा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ।

बैंकले यस अभियानले ग्राहकलाई डिजिटल बैंकिङतर्फ आकर्षित गर्न र नगदरहित कारोबारलाई प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छ।

हाल नेपाल बैंक लिमिटेडले देशभर २३१ शाखा, २३७ एटिएम तथा ६१ एक्स्टेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ। ग्राहक सेवामा व्यापक सुधार गर्दै आधुनिक बैंकिङ प्रविधिमार्फत सेवा विस्तार गरिरहेको नेपाल बैंक आफूलाई प्रतिस्पर्धी बैंकका रूपमा सुदृढ गर्दै अघि बढिरहेको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit