Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नबिल बैंकको अध्यक्षमा निर्वाण चौधरी, सञ्चालक भए पूर्व सीईओ शाह

नबिल बैंकको अध्यक्षमा निर्वाण चौधरी, सञ्चालक भए पूर्व सीईओ शाह
विज्ञापन
Advertisement

काठमाडौं। नबिल बैंकको अध्यक्षमा निर्वाण कुमार चौधरी नियुक्त भएका छन् । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले बैंक सञ्चालक समितिको अध्यक्षमा सञ्चालक निर्वाण कुमार चौधरीलाई चयन गर्ने निर्णय गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

उनले नेपाल राष्ट्र बैंकबाट सपथ ग्रहण गरेपश्चात अध्यक्षको कार्यभार सम्हाल्ने छन् ।

साथै, बैंकको सोमबार नै सम्पन्न ४१औँ वार्षिक साधारणसभाले संस्थापक सेयरधनीतर्फबाट सञ्चालक समितिमा नबिल बैंककै पूर्व सीईओ समेत रहेका अनिल केशरी शाहलाई निर्विरोध निर्वाचित गरेको छ ।

यसैगरी, निवर्तमान अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न सभाले गत आर्थिक वर्ष २०८१/८१ को नाफाबाट शेयरधनीहरुलाई १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। पौडेलले विशेष गरी टिम निर्माण, डिजिटल रूपान्तरणको सुदृढीकरण, दिगो बैंकिङ, नबिल स्कूल अफ सोसल इन्टरप्रेनरसिप नबिल एसएसई) का साथै मर्जर सफल बनाउनका लागि समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको बैंकले जनाएको छ ।

हाल नबिलले देशभर २६८ शाखा सञ्जालसहित ३२१ एटिएम मेसिनबाट ५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit