images
images
images
images

दोस्रो त्रैमाससम्म कृषि विकास बैंकको कूल निक्षेप तीन खर्ब २४ अर्ब, खुद नाफा तीन अर्ब ७३ करोड माथि

images
images
images

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आफ्नो ५९औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाएको छ । कृषि क्षेत्रमा कर्जा लगानीका लागि नेतृत्वदायी बैंकका रूपमा स्थापित यस बैंकले समयक्रमसँगै व्यवसायिक योजना, कार्यशैली, व्यवस्थापकीय क्षमता तथा प्राविधिक प्रणालीमा उल्लेखनीय सुधार गर्दै आएको हो ।

बैंकको केन्द्रीय कार्यालयमा आयोजित वार्षिकोत्सव समारोहमा बोल्दै बैंकका अध्यक्ष डिमप्रकाश पौडेलले बैंकिङ क्षेत्रमा आएको तीव्र परिवर्तनसँगै अघि बढ्न नयाँ प्रविधि तथा आधुनिक प्रशासनिक र बैंकिङ प्रणालीमा अभ्यस्त हुनुपर्ने आवश्यकता औँल्याए । हिजो र आजको बैंकिङ प्रणालीमा आमूल परिवर्तन आएको उल्लेख गर्दै उनले कृषि विकास बैंकले ती परिवर्तनलाई धेरै हदसम्म आत्मसात् गर्दै आएको जानकारी दिएका हुन् ।

images

यस्तै उनले बैंकले पछिल्ला केही वर्षमा उल्लेखनीय प्रगति गरेको भए पनि प्रगतिलाई निरन्तरता दिन थप चुनौतीहरू रहेको बताए । ‘हामी जुन पृष्ठभूमिमा स्थापना भयौँ, त्यहाँबाट यहाँसम्म आइपुग्दा बैंकको लामो इतिहास छ। त्यो इतिहाससँगै कृषि विकास बैंकका भूमिकाहरू पनि बेला–बेलामा परिवर्तन हुँदै आएका छन् । हामी सबैले बैंकको हितको लागि आफ्नो भूमिका निभाउँदै आइरहेका छौं । बैंकले विगत केही वर्षदेखी धेरै राम्रो प्रगति गरिरहेको छ । प्रगति गरेर अगाडि बढीरहँदाखेरी चुनौतिहरु रहन्छन् । प्रगति गरिहेको ठाउँमा टिकिरहनका निम्ती पनि थप चुनौतिहरु रहन्छन्,’ उनले भने ।

अध्यक्ष पौडेलले कृषि विकास बैंकले अन्य बैंक तथा वित्तीय संस्थासँग प्रतिस्पर्धा गर्नुपर्ने र साथसाथै सरकारले अपेक्षा गरेको तथा प्रत्याभूत गर्न चाहेको सेवा पनि प्रदान गर्नुपर्ने भएकाले दोहोरो जिम्मेवारी वहन गर्नुपरेको उल्लेख गरे । उनले भने, ‘अरु बैंक तथा वित्तीय संस्थाहरुसँग पनि प्रतिस्पर्धा गर्नु र सरकारले चाहेको, सरकारले प्रत्याभूत गर्न चाहेको सेवा पनि प्रत्याभूत गर्नु र दिनुपर्छ भनेर अरु बैंक वित्तीय संस्थाको भन्दा दोब्बर जिम्मेवारीमा हामी छौं। प्रतिस्पर्धा युगमा प्रविधिले धेरै फड्को मारिरहेको छ । हामीले आफूलाई कर्मचारीले, व्यवस्थापनले, विभिन्न अंगहरुले र हाम्रा सिस्टमहरुले आफूलाई अपडेट गर्न सकेन भने बैंक धेरै कमजोर अवस्थामा आइपुग्छ ।’

यस्तै उनले, बैंकबाट जनताले ठूलो अपेक्षा गरेकाले त्यसमा नचुक्ने धारणा राखे । उनले भने, ‘जनताले हामीलाई के भनेर चिन्ने त एउटा सामान्य वित्तीय संस्थाको रुपमा चिन्ने वा गाह्रोसाह्रो पर्दाखेरी प्राविधिक सेवा पनि दिने बैंक वित्तीय संस्थाको रुपमा चिन्ने। हामीबाट जनताले धेरै ठूलो अपेक्षा गरेका छन् त्यसैले यो कुरामा हामी चुक्नु हुँदैन।’

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत (सीईओ ) गोविन्द गुरुङले बैंकले कृषि कर्जालाई पहिलो प्राथमिकतामा राख्दै ग्रामीण भेगमा बैंकिङ पहुँच विस्तारमा विशेष ध्यान दिएको जानकारी दिए । आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनमा सहयोग पुग्ने उत्पादनमूलक क्षेत्रहरूमा कर्जा विस्तारलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ । बैंकिङ सेवालाई चुस्त, दुरुस्त तथा ग्राहक केन्द्रित बनाउने उद्देश्यसहित पाँच वर्षे रणनीतिक व्यवसायिक योजना २०८१/८२ देखि आव २०८४/८५ सम्म कार्यान्वयनमा ल्याइएको पनि उनले जानकारी दिए ।

नेपाल राष्ट्र बैंकका नियम तथा निर्देशिकाको पूर्णपालना गर्दै आर्थिक अनुशासन कायम गरिएको उल्लेख गर्दै सिइओ गुरुङले बैंकले डिजिटलाइजेसनलाई केन्द्रमा राखेर विभिन्न डिजिटल सेवा प्रवाह गरिरहेको बताए । व्यावसायिक विविधता कायम गर्दै अन्य वाणिज्य बैंकसँग प्रतिस्पर्धी बैंकको रूपमा आफूलाई स्थापित गर्न बैंक सफल भएको उनको दाबी थियो । वार्षिकोत्सवका अवसरमा बैंकले साना किसानलाई लक्षित गरी तयार गरिएको ‘वान मिनेट बिजनेस प्लान’ सफ्टवेयर तथा केन्द्रीय कार्यालयमा शिशु स्याहार केन्द्रको औपचारिक शुभारम्भसमेत गरेको छ । बैंकमा हाल ५१ प्रतिशत नेपाल सरकार र ४९ प्रतिशत सर्वसाधारणको शेयर स्वामित्व रहेको छ ।

बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा समग्र कर्जा वृद्धि लक्ष्यको ५० प्रतिशत कर्जा कृषि क्षेत्रमा नै लगानी गरिएको छ। आर्थिक सूचकाङ्कका हिसाबले अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८१/८२ मा बैंकको कूल निक्षेप २० दशमलव ३१ प्रतिशतले वृद्धि भई दुई खर्ब ९३ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह आठ दशमलव ४० प्रतिशतले वृद्धि भई दुई खर्ब २४ अर्ब पुगेको छ। सो अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपात तीन दशमलव ४४ प्रतिशत र खुद नाफा तीन अर्ब ७३ करोड रहेको थियो।

त्यस्तै, चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म आइपुग्दा कृषि विकास बैंकको कूल निक्षेप तीन खर्ब २४ अर्ब ९७ करोड र कूल कर्जा प्रवाह दुई खर्ब ३० अर्ब २७ करोड रुपैयाँ पुगेको छ। सो अवधिसम्ममा निष्क्रिय कर्जा कूल कर्जा लगानीको तुलनामा चार दशमलव ५२ प्रतिशत रहेको बैंकले जनाएको छ ।

images
images

प्रतिक्रिया दिनुहोस्